साँझका हेडलाईन : गजुरियल टिप्पणी – कार्यालयमात्र किन, घरै बनाए भैगो नि…

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार १५:३३

 

  • ट्याङ्कर चालकले इन्धन ढुवानी सुचारु नगरे गाडी खोस्ने निगमको चेतावनी ।
    पेट्रोल सहित खोस्नु है, रित्तो गाडी त जस्लेपनी खोस्छ नि !

  • दशैको अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यावसायीको निर्णय ।
    ठिकै छ । साहुजीहरुका घरमै टीका लगाउन जाउँला नि त !

  • पर्यटन मन्त्रीको प्रस्ताव: रुख कटनी सेनाले होइन, वनले नै गरोस् ।
    सेनाले गरेपनि वनले गरेपनी मनको कुनाबाटै गरोस् , धनको तुनाबाट नगरोस्  !

  • संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदित ।
    हेल्लो नवीन घिमिरे, पावर देखाउ तिमिले, हेर्न पाउँ हामीले !

  • जोशीबिरुद्ध महाअभियोग दर्ता गर्न भन्दै नेकपा सांसादहरुको हस्ताक्षर संकलन ।
    होस् गर्नु है कमरेडहरु, हस्ताक्षर  भेला गरेर महा अभियोग हैन, महाभोज गर्देलान् !

  • भ्रष्टाचारीले सिधै सेवाग्राहीसँग पैसा लिन छाडे: नवीन घिमिरे
    घुमाएर लिन पाउन्जेल कस्ले सिधै लिन्छ त हजुर ।

  • अन्सारीका हत्यारालाईं कारबाहीको दायरामा ल्याउँछौ – गृहमन्त्री थापा : अनलाइन खबर
    निर्मलाका हत्यारा पनि दायरामा आई हाले, हगी त !

  • वर्थ डेमा धुर्मुसले गर्न सकेनन् फिल्म घोषणा
    सकेनन् कि गरेनन् हाउ ?

  • काठमाण्डौ-तराई फाष्ट ट्र्याकको डीपीआर बनाउने जिम्मा कोरियन कम्पनीलाई : रातोपाटी
    घरबेटी ठेकेदारको दाल गलेनछ कि क्या हो !

  • लैनचौरको खुल्ला स्थान मासेर उपराष्ट्रपति कार्यालय राख्ने तैयारी : सेतोपाटी
    कार्यलयमात्र किन, घरै बनाए भैगो नि ! आफ्नो हात, जगन्नाथ !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com