हाम्रो राष्ट्रिय रङ् निलो बनाउँदा कसो होला ? किनकी…

प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलवार ०४:१४

 

  • राष्ट्रिय झन्डाको अधिकांश भाग रातो भएपनि वरिपरी निलो रङले घेरेपछि मात्रै ‘रातो र चन्द्रसुर्यको जङी निशान’ पुरा हुन्छ । सायद त्यसैले होला छिमेकी राष्ट्रले सिमाना मिच्दा हामी सामुहिक रुपमा निलो हुन पुग्छौं ।
  • सानो बच्चाले मुखमा नहाल्नुपर्ने कुरा निल्दा शुद्ध “निल्यो” नभनी हामी समय बचाउन “रामेले सियो निलो” भन्छौं किनकी रामेले जब सियो निल्छ, रामेकी आमा डरले निलो भैसकेकी हुन्छिन् ।
  • संचार माध्यममा फेसबुक र टुइटर देखि कान्तिपुर मिडिया ग्रुपको प्रधान रङ निलो हुनुको कारण: ती माध्यम हरुमा देखिने दसथरी समाचार सामाग्री पढेर हामी निलो हुन्छौं ।
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com