ग्याँस, तेल र दिल्ली काठमाण्डौसम्मै ल्याउने : आजका हेडलाईनहरु

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार ०२:५४

 

*निर्मला हत्याकाण्ड: उच्चस्तरीय समितिको प्रतिवेदन गृहमै गुपचुप बुझाइयो
हामी चुपचाप बस्यौँ भने यो पनि छोपछाप हुनसक्छ, कुरो यत्ती हो 😀

*चितवनसम्मै ग्यास र तेलको पाइप बिछ्याउन भारतसंग प्रस्ताव गरिदै
ग्याँस र तेलमात्र किन, सिङ्गै दिल्ली नै काठमाडौंसम्म ल्याउँ न 😀

*सर्बोच्चको आदेश पछि थुनामुक्त भए विप्लवका प्रवक्ता
सरकार पक्रिने, अदालत छोड्ने: भ्यागुताको धार्नी कैल्यै नपुग्ने 😀

*प्रदेशलाई अधिकार नदिएर लोकतन्त्र बलियो हुदैन: उपेन्द्र यादव
प्रदेश बलियो भए लोकतन्त्र बलियो हुँदैन । क्या करेँ 😀

*प्रदेश ७ को राजधानी सिफारिस प्रति कांग्रेस र राजपाको बिरोध
सौताको भान्सा , सधै गन्हाउने 😀

*गृहमन्त्रीको प्रश्न: उनीहरु मधेश नट नेपाल भन्ने, हामी लाचार भएर बस्ने ?
कुरो त ठिक छ, तर रोक्या कस्ले छ त 😀

*कारबाही फिर्ता गर्दै दिगंवर झालाईं सरकारको पत्र: पारदर्शी काम गर्नु
जति बिरोध भएनि उनैलाई ल्याउँने ठहर, म कुटेझैं गर्छु, तँ रोएझैं गर 😀

*नेता र प्राध्यापककै घरमा बालश्रमिक: पढ्न पाँउने आश
जो अगुवा, उही बाटो बिगारुवा, त्यो आश, नहोस् निरास 💡

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com