पुँजिबादले बलात्कार बढायो, माओवादले घटाउन सकेन: आजका हेडलाईनहरु

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहीबार ०३:५०

 

  • नेकपा सांसदले भने: मुख देखाएर हिँड्न लाज भइसक्यो
    छोपेर हिड्नपनी त खतरा छ

  • रौतहटमा चिहानको बिषयलाइ लिएर दुइ समूहबिच झडप, २३ राउण्ड हवाई फायर
    को पहिला चिहानमा पुग्ने प्रतिस्पर्धा

  • गृहमन्त्रीको खुलासा: निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली
    पहाड खनेर मुसो निकालेझैँ कुरो भयो । अपराधीको बारेमा खुलासा गर्या भए पो !

  • बलात्कार प्रयासको प्रतिकार गर्दा १० बर्षीया श्रेयाको २७ बर्षे छिमेकी युवाद्वारा हत्या
    छिमेकी त्यस्तो हुनै सक्दैनन् । त्यो छिमेकी भएको नाटक गरिरहेको थियो ।

  • मुख्यमन्त्री पोखरेलको निर्देशन – मेला महोत्सवमा छाडापन रोक्नुस्
    वाह, शंकर कमरेड कैलेकाहीं बोल्नुपनी हुँदाे रहेछ ! सन्चै ?

  • सुध्रेनौं भने सकिन्छौं, कम्युनिष्ट असफल हुँदा अर्कै शक्ति आउन सक्छ: कांग्रेस नेता, पौडेल
    नेकपासँग सत्ता साझेदारीको प्रश्ताब

  • आफुलाइ प्रमुख अतिथि नबनाएको भन्दै राजदूत अर्जुन जंग बहादुर सिंहद्वारा पत्रकार महासंघ, कोरिया शाखाको कार्यक्रम बहिस्कार
    अतिथी देवो भव: हैन, अतिथी धेर् भाे अब:

  • रातोपाटी समाचार प्रभाव : वरिष्ट पत्रकार घिमिरेले आफुले पाएको पुरस्कारमा ५० प्रतिशत थप गरेर आश्रमलाइ दिए
    यस्ताका काम हल्ला नगरी गर्दा राम्रो, चन्दा माग्नेको लाईन लाग्ला !

  • प्रशासनिक संघीयता कार्यान्वयनमा हाम्रो गति तिब्र छ : लालबाबु
    तिव्र गति गरे मन्त्री पद खती हुने प्रमको सुझाव

  • मदिरा सेवनकर्तालाई परिचयपत्रको वकालत गर्दै प्रतिनिधि सभामा प्रस्ताव दर्ता
    परिचयपत्रको नमुना : जँड्याहाकाे नाम:…….?, जँड्याहाकाे…..?, जँड्याहाकाे पेशा….?

  • पुँजिबादले बलात्कार बढायो : गृहमन्त्री थापा
    माओवाद बलात्कार रोक्न असफल !

  • हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध : गृहमन्त्री थापा
    व्यवसायी दुहना गाई जस्ता हुन् भन्ने गलत सँस्कार बदल्नु पर्छ : पुष्पकमल दाहाल
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com