बलत्कारीको पुरुष ट्रेडमार्क नै क्यान्सिल गर्नुपर्छ : आजका हेडलाईनहरु…

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार ०४:२९

 

  • तिन दिनमै बसको टिकट सकियो ! दसैंका यात्रु तनावमा
    सिण्डीकेटको मुद्दामा सरकारले जिस्क्याएको बदला लिएको अासंका !
  • माधव नेपालले किन पाएनन् कार्यबाहक अध्यक्ष ?
    केपी ओलिले कहिले पाएका थिए र !
  • काममा ढिलासुस्ती गरेको भन्दै मेयरले हाने लेखापाललाई झापड
    नजीर राम्रो बसेछ, जनताले यही प्रश्न तपाईंलाई तेर्स्याउलान् है मेयर सा’ब !
  • आफैलाई गोलि हान्न लगाएको भन्ने खुले पछि तिरेन सरकारले पण्डीत श्रीनिवास आचार्यको उपचार खर्च
    जोगी नभइदिएको भए अनुसन्धानको खर्चको क्षतिपूर्ति तिनकै घरबाट भराउनु पर्ने ।
  • दुइ महीना पछि मेलम्चीको पानी आउँछ : योजना प्रमुख
    खान नपाई नपत्याउने निम्तो !
  • पाँच महिनामा साढे १४ सय बलत्कारका घटना
    म पुरुष हुँ तर ति अपराधीलाईं पुरुष हुनुको अर्थै समाप्त हुने गरीको कारबाही गर्नुपर्छ भन्छु ।
  • संशोधन् नगरे यो संविधानको पनि दुर्गति हुन्छ : राजेन्द्र महत्व
    भोगटेको बोटमा सुन्तलाको दाना कहाँ फल्छ र?
  • प्रदेश नं. ७ को राजधानी प्रस्ताव : गोदावारिमा खुशियाली, धनगडीमा बिरोध
    सिक्काका दुईटा पाटा, गाई पर्ने खान्छ दही, त्रिशुल पर्ने बन्छ जोगि  !
  • संसदमा माधव नेपालको प्रश्न : गृहमन्त्री कहाँ हुनुहुन्छ?
    हराएकै भए आफ्नै पार्टीमा खोज्नु पर्ला !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com