आज बिभिन्न माध्याममा आएका बृस्तित समाचारका सार यस प्रकार छन् :

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार ०१:२७

 

नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा त्यहाँको उच्च अधिकारिहरुले भनेका छन : नेपाली कामदारहरुको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले
ब्याहोर्ने सहमति जनाएका छन् ।

ओली र प्रचण्डले धोका दिएको भन्दै नेकपका बरिष्ट नेता माधव कुमार नेपालले स्थायी कमिटिको भेला गरेका छन । काठमाण्डौको इन्द्रेणी फूडल्याण्डमा भएको भेलामा नेताहरु नारायनकाजी श्रेष्ठ, बामदेव गौतम, सुवास नेम्वाङ लगायतको उपस्थिति । उक्त भेलामा उन्ले स्थायी कमिटिको बैठक तत्काल बोलाउनु पर्ने, सो बैठकमा सरकार र पार्टी नेतृत्वको काम कारवाही प्रति आफुले असहमति प्रकट गर्ने संकेत गरेका छन ।

दसैंलाइ लक्षित गर्दै ट्राफिक प्रहरीले टिकट काउण्टरमा सुराकि प्रहरी खटाउने योजना । भिंडभाड हुने स्थल र टिकट काउण्टरमा हुन सक्ने ठगी एवं अपराधिक क्रियाकलाप नियन्त्रण गर्न यस्तो योजना ल्याइएको जानकारी । यात्रुहरुको सहायताको निम्ति हेल्प डेस्कको समेत ब्यबस्था गरेकोले कुनै समस्या आएमा यात्रुले प्रहरीको सहयोग पाऊँन सक्ने छन भनिएको छ ।समाचार सार

सशस्त्र प्रहरी महानिरीक्षक शीलेन्द्र खनालले गुल्मी जिल्ला रिडिमा रहेको आफ्नो पुर्ख्यौली घरलाइ धर्मशाला बनाउँने घोषणा गरेका छन। उद्योग बाणिज्य संघ रिडिले आयोजना गरेको एक कार्यक्रममा उनले आफनु पीता को सम्झनामा त्याहाँ धर्मशाला बनाउने घोषणा गरेका हुन् ।

वाइडबड़ी खरीद प्रकरण : प्रक्रिया र मुल्यमा महालेखाले प्रश्न उठायो । संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले यो प्रक्रिया त्रुटिपूर्ण रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com