नेकपामा गडबड, हतारमा हडबड : आजका हेडलाईनहरु

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार ०६:५४

  • नेपाल मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले ब्यहोर्ने सहमति
    दिन् दहाडै काटिने, मारिने र   गुणस्तरहिन् रक्सी खाएर अझै कति सुंईकिनु पर्ने हो !
  • माधव नेपालको भेलालाइ बामदेवको बैधानिकता
    आफुलाइ नभए, भाँड मै जाए, त्यसैले उनी सघाउँन आए !
  • दसैं लक्षित ट्राफिक योजना – टिकट काउण्टरमा सुराकी प्रहरी !
    चोर अघि अघि, पुलिस पछि पछि हुने संकेत
  • डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई  अनसन बस्छु
    यस पटक चाँहि बस्दैनन् जस्तो लाग्यो हाउ सेरे !
  • वाइडबड़ी खरीद खरीद प्रकरण : प्रक्रिया र मुल्यमा महालेखाले प्रश्न उठायो
    बाँडफाँड नमिल्या हो कि, सोध्ने बेला यही हो !
  • ११५ बर्षकी धनकुमारी गुरुङ्गको निधन ।
    भाग्यमानी रहिछन, उनका निम्ति यो भन्दा बिकृति बिष हुने थियो ।
  • सशस्त्र प्रहरी महानिक्षक शैलेन्द्र खनालद्वारा आफ्नो पुर्ख्यौली घरलाइ धर्मशाला बनाउने घोषणा
    पुरानो,जीर्ण छ की ? बास बस्न आएका बटुवा घाइते नहुन् है !
  • हेटौंडाका मेयरको गुनासो : प्रदेशको करले स्थानीय तहलाइ तनाव
    माछा पाए दुला भित्र हात, भ्यागुत्ता पाए दुला बाहिर हात  !
  • नेकपाभित्र गडबड : दुबै अध्यक्ष बाहिर गएको बेला माधव नेपालले बोलाए छुट्टै भेला
    खाली भाँडोमा हावा खेल्छ, महाधिवेशनमा अध्यक्ष बन्ने गृहकार्य  !
  • सार्कको मन्त्रीस्तरीय बैठकको बीचैमा उठेर हिडिन् सुष्मा
    सार्कको प्रगतिमा भारत बाधक रहेको पाकिस्तानको टिप्पणी
  • मैले त्रिभुवन विमानस्थल सुधारें : रवीन्द्र अधिकारी
    पुरस्कार पुग्यो की थप्नु पर्ला भन्छन् नि मान्छे त !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com