रेडियोभित्र दुइटा मादल !

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार १३:१९

 

रेडियो प्रविधि भर्खरै सुरुवात भएको बेला एउटा गाँउलेले रेडियो किनेर लगेछन् । छिमेकीहरु समेत भेला भएर रेडियो सुनिरहेकाबेला एकजना छिमेकिले कुरा सुरु गरे : हैन यो रेडियोमा कति धेरै मान्छे अटाउँदा रहेछन् हँ !

अरुले पनि सही थपे : हो त, कोही गीत गाउँछन,कोहि कथा भन्छन्, कोहि कविता भन्ने कति धेरै मान्छे होलान् है यो रेडियो भित्र ! नजिकै खेलिरहेका केटाकेटी मध्य एउटा बच्चाले रेडियो खोलेर ति सबै मान्छे हेर्ने मन गरेछ । बाबु गाउँ तिर घुम्न गएका थिए । आमा किचनमा थिइन् । यसै मौकामा बच्चाले बजिरहेको रेडियो फोडेछ ।

भित्र कुनै मान्छे नदेखे पछि आमालाई बोलाउँदै भनेछ : हेर्नु न आमा, दुईटा मादल मात्र छाडेर सबै मान्छे भागेछन् । मादल जस्ता दुईटा ब्याट्री ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com