बलत्कारी बिद्यार्थी नेतादेखि मान्छे मार्ने टिपरको समाचार सार #REAL KURA

प्रकाशित मिति: १८ आश्विन २०७५, बिहीबार ०३:५३

 

  • सरकारले बेलुका आठ बजे पछि मात्र बालुवा बोक्ने टिपरलाइ सामान ढुवानीको छूट दिएको थियो । तर निर्माण कार्यमा असर परेको भन्ने जनगुनासो आए पछि पुन:साँझ ७ बजे देखि चालाउन दिने निर्णय भएको पहिलो दिनमै टिपरले मोटरसाइललाइ ठक्कर दिंदा दुइजना घाइते भएका छन । उक्त घटना सूर्यबिनायकमा भएको हो ।

 

  • काठमाण्डौको असन बाजार एउटा ऐतिहासिक ब्यबसायिक केन्द्र हो । सधै पनि अशन बाजार यसै भिंड नै हुने गर्दछ । तर दसैंको बेला अझै चाप बढेको छ । दशैंको चहलपल संगै असनमा महंगी पनि बढेको महशुस गर्न थालिएको छ ।

 

  • अख्तियार दुरुपयोग अनुसंधान आयोगले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाइ कारवाही गर्ने भएको छ ।अख्तियार प्रमुख नवीन घिमिरे ले संसद राज्य ब्यवस्था समितिमा बोल्दै कारबाहीको तैयारी भई रहेको कुरा जानकारी गराउनु भएको छ ।

 

  • मुङ्गलिन-काठमाण्डौ सड़क खण्ड बिस्तार कार्य सुरु भएको लामो समय भई सक्दा पनि अझै पुरा हुन सकेको छैन । कतिपय स्थानमा निर्माण कार्य भई रहेको कारण हिजो आज नाकाढुङ्गा सम्म आई पुग्दा ४५ कि मी सम्म यातायात जाममा पर्ने गरेको कुरा बिभिन्न छापाहरुमा मुख्य समाचार बनेको छ ।

 

  • सामूहिक बलात्कारको अभियोगमा पर्वतको गुप्तेस्वर बहुमुखी क्याम्पस्का स्व वि यु सभापतिलाइ १० बर्ष कैद सजाय सुनाइएको छ । ने बि संघ बाट सभापति बनेका कुष्मा न पा -१ का २३ वर्षीय शिशिर क्षेत्रीलाइ जिल्ला अदालत पर्वतले १० बर्ष कैद गर्ने फ़ैसला सुनाएको हो । यो समाचार आजको समाचारपत्रमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com