वाइडबड़ी खरिद भित्रको ब्ल्याक मनिको खोजी सुरु

प्रकाशित मिति: १८ आश्विन २०७५, बिहीबार ०९:२७

 

वाइडबड़ी खरीद प्रक्रियामा घोटाला भएको हुन सक्ने सम्भावनाको बारेमा व्यापक चर्चा भैरहेको बेला अख्तियारले छानविन सुरु गरेको छ । नेपाल एयरलाइन्सले विमान खरिद गर्दा उक्त विमान उत्पादक कम्पनिसंग खरीद नगरी बिचौलिया मार्फत खरीद गरेको थियो । बिचौलियाका कम्पनि नाटकीय हुनुका साथै अन्य प्रक्रियामा समेत कमिकमजोरी रहेकाले अनियमितता भएको हुनसक्ने आशंका गरिएको छ । यसैगरी, अख्तियारले जननिर्वाचित पदाधिकारिहरु नै ठेक्का पट्टामा लागेका कारण स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको भन्दै संसदको ध्यानाकर्षण गराएको छ । स्थानीय तहका पदधिकारिले आफैले एक्जाभेटर किन्ने, मनलाग्दी भाडा असुल्ने र आफैं ठेक्का पट्टामा संलग्न हुने प्रवृत्ति बढेकोले अझै भ्रष्टाचार बढकोले त्याहाँबाट धेरै उजुरी परेको अख्तियारको भनाई छ ।

: श्रोत: अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com