पप्पुको पाप, जनताको श्राप, क्या गज्जबको समाचार !

प्रकाशित मिति: १९ आश्विन २०७५, शुक्रबार १५:४५

 

  • चर्चामा आइरहेका अलोकप्रिय पात्र, पप्पु कन्सट्रक्सनका मालिक बिरूद्ध विशेष अदालतमा ९० करोड ८ लाख ९२ हजार रुपैया विगो दावी सहित मुद्दा दायर  भएको छ । अख्तियारले पप्पु कन्स्ट्रक्सन का अध्यक्ष रहेका सांसाद हरिनारायण रौनियार र उनका छोरा बहाल अध्यक्ष सुमित रौनियार सहित केहि सरकारी कर्मचारी र कन्सल्ट्यान्सी समेत १२ जना बिरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  उनीहरुलाई गुलरिया र बार बर्दिया नगरपालिका जोड़ने पुल निर्माणमा भएको अनियमितता लगायतका आरोप लागेका छन् । –रियल समाचार

 

  • राजनीतिक पहुँचको आधारमा अधिकाँस ठेक्का  हत्याउने. चोर गाईले चरेझैं चास्स चुस्स काम थाल्ने तर पुरा नगर्ने, पुरा गरिहाले पनि कमसल र गुणस्तरहिन संरचना निर्माण गर्ने यस्ता देशमाराहरुलाई साच्चै कारवाही होला कि फेरी चोख्याइला ? हेर्न बाँकी छ । -गजुरियल बिचार  
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com