प्रहरी र धमिराका कुरा

प्रकाशित मिति: २१ आश्विन २०७५, आईतवार ०९:२७

 

प्रहरी दिवशको अवसरमा आयोजित रनिङ कप भलिवलको समापन् कार्यक्रममा प्रहरी प्रमुख शर्वेन्द्र खनालले भन्नु भएछ : प्रहरी संगठभित्रका धमिरा फाल्नेछु । वहाँको थप भनाईछ, प्रहरी भित्रका केहि कीरा धमिराका कारण सीङ्गो प्रहरी संगठन आलोचित हुनु परिरहेको छ । यिनलाई टिपेर फाल्न लागि परेको  कुरा बताउनु भएको रहेछ । उक्त समाचार अनलाइन खबरले सम्प्रेषण गरेको छ । 

तपाईँ धन्यवादको पात्र हुनुहन्छ । तपाईँको अभियानलाई साथ दिनु हाम्रो पनि कर्तब्य ठानेर हाम्रो गाउँ समाजमा चर्चामा आउने केहि धमिराको बारेमा तपाईँको जानकारीकालागि उल्लेख गर्दछौं ।

पँहेला धमिरा : सुनको सिक्का, ढिक्का, तार र कारोबारमा सल्किएको धमिरा

डलरे धमिरा : नेपाली बजारमा किनिएका सामानमा चढि सुडान पुगि डलर चपाएर स्वदेश फर्कने

अदृस्य धमिरा : सिमा पारिबाट आउने सामानमा घुसेर भन्सारबाटै महंगिको रुपमा छाउँने धमिरा

धरधरे धमिरा: खोलो उदिन्ने ब्यापारीलाई खोलो, भित्तो उदिन्न सहयोग गरि, देख्या नदेख्यै गर्ने, भोलि वातावरण बिग्रन्छ, पैरो जान्छ, मान्छेको बसोवास उठ्न सक्छ भन्ने बीवेक नभएका धमिरा

सुलसुले धमिरा : निरन्तर अतिरिक्त आमदानिको अपेक्षमा सर्वत्र मन डुलाइरहने, पाए ठुलै कुम्ल्याउने, नपाए एक प्याकमै रमाउँने

लठैत धमिरा : हातमा लठ्ठी पाउँनु, मज्जाले बजाउनु, जो आउँछ उसैलाई बजाउँछ । टाठा बाठा छुनै हुन्न, पागल लाटा ठटाउँछ ।

नोट : टिपेर फाल्ने प्रक्रियाको थालनी माउ धमिराबाट सुरुवात गर्नुहोला । थप बच्चा उत्पादनको ढोका पूर्णरुपले बन्द होस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com