कस्टडीको नाउँमा, दुई दिनको पाहुना- को हो ? आजका हेडलाईनहरु

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार ०२:४१

 

मानवअधिकार आयोगको निर्देशन : एसपी बिष्ट र बम दिदिबहिनीमाथि अनुसन्धान गर्नु
घुमिफिरी तुम्लिङटार,  अब होला  त वार  पार !

सुनकाण्डका अभियुक्त डा. देबिटर जेलभित्रै कक्षा १ मा भर्ना !
१० बर्षे जेल जीवनको अनुमान, बार्षिक एक कक्षा पढ्ने अपेक्षा !

सीके राउत रौतहटबाट पक्राउ
कस्टडीको नाउँमा केही  दिनको पाहुना !

मन्त्रालय  नटुक्रयाउन  प्रदेश १ सरकारलाई सांसदको चेतावनी
मन्त्रालय टुक्रयाई अर्कैलाई उफ्रयाई, खाइ न पाई छालाको टोपी लाई !

दशैंको मुखमा चिनबाट दैनिक १५ ट्रक स्याउ आयात
स्थायी छिमेकीका कुहिएका स्याउ नबिक्ने संकेत !

राष्ट्रकवि घिमिरेले मुलुकलाई असाधारण गुन लगाउनुभएको छ : प्रधानमन्त्री ओली
मरेपछि गीत गाइए कति बितिगए, स्वास छँदै हास्न पाउँने यिनै एक्ला भए !

गुट गिरोहमा बदलिएपछि कांग्रेस बिग्रिएको हो : शेखर कोइराला
बिग्रेका मान्छेको भत्केको घर, भत्केको घरमा केको डर ! गर गर गाली गर

गिरिजालाइ राष्ट्रपति नबनाउनु त्रुटी भयो : प्रचण्ड
बिति गयो बुद्धि आयो, थियौ त लडाँई  हुन्थ्यो, छैनौ मिल आउ !

सबै स्थानीय तहमा सुफथ मूल्यका पसल खोल्न तरूण दलको माग
लामो समय सम्म टिकिरहने मागको छनौट !

जनताको अभिभारालाई विश्वासघात गर्न सक्दिंन : प्रधानमन्त्री
अहिले सम्म देखिएको उत्कृष्ट गुण, यही पनि नहुँदो त के भन्नु !

द्वन्दको नाममा भएका सबै अपराधमा छूट हुंदैनन् : प्र म ओली
अपराधी भन्ने जेलमा तान्ने, दिवसको मौकामा सजिलै छाड्ने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com