निजगढको जंगल जोगाउने कांग्रेसको काईदा यस्तो छ…आजका हेडलाइनहरु

प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलवार ०३:१०

.
आयल निगमको दावी: दशैंमा तेल नपाएर लाइन लाग्नुपर्ने अवस्था आउँदैन !
किनकी दशैंमा अधिकाङ्स साधनहरु ग्यारेजमै थन्किन्छन् !

मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं : राजकिशोर यादव
तिमीलाई पनि रोक्न जाने फुर्सद कहाँ मिल्ला र, आखिर  दशहरा त त्यहाँ पनि लागता है !

सरकार चिनीको चक्रव्यूहमा फस्यो : हृदयेश त्रिपाठी
सर्पले सर्पको खुट्टा देख्छ, पूर्वमंत्रीले  वर्तमान देख्छ, कसो ? 

बलत्कारबिरुद्ध थाल ठटाउँदै नर्सहरु सडकमा
अलि मिलेन सिस्टर,  ब्लेड र मलम पट्टी देखाउनु पर्ने,  …… छेदनपछि ड्रेसिंग गर्नुपर्छ !

नाम र राजधानी नटूंग्याई प्रदेशसभा १ को अधिवेशन अन्त्य हुँदै
दशैंमा दाम चाहिने हो, पेश्की पाईहाले होला, नामको लफडामा को परोस् !

ललितपुरका सडकमा अब ‘स्मार्ट’ बत्ती
चोर, लुटेरा, पाकेटमारपनि स्मार्ट बन्ने प्रयत्न गर्दै !

माधव नेपालको असहमति पत्र नेकपाको सचिवालयमा पेश, बुधबार छलफल हुने
चालकको अनुपस्थिति उडाइएको जहाज, सेफल्याण्डिङको खोजि !

प्रदेश १ का सांसदले लगाए लोगो
चमकता, लमक्कता, गमक्कतामा बढोत्तरी !

कांग्रेसले सरकारलाइ भन्यो : निजगढ़मा रुख नकाट
रुखमुनि बिहारी लुटेराहरु पसाउ, रुखमाथि पाल ओछ्याएर प्लेन बसाऊ !

स्थानीय जनप्रतिनिधिलाइ नेकपाको निर्देशन : चुनाव सम्झिएर विकास गर्नुस्
जसरि पनि जित्नु पर्ने हठबाट  हुर्किएको चुनावमुखी मानसिकता, फेरिपनि चुनाव !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com