प्रधानमन्त्रीज्यु, किन टेर्दैनन् तपाईंलाई ? थाहा पाउनाेस्…

प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलवार ०९:५३

 

‘कसैले टेरेनन् !’ -प्रम ओली । यो अन्नपूर्ण पोष्टको ब्यानर न्यूज हो । न्यूज अनुसार भ्युज सही हो भने प्रधानन्त्रीज्युले बताउनुपर्छ- कसले टेरेन? किन टेरेन ? कसरी टेरेन ? कति टेरेन ? कहाँ टेरेन ?

प्रधानमन्त्रीज्यु, नटेर्नेलाई टेराउने सिङ्गो सरकार छ तपाईंसँग । नमान्नेलाई मनाउने पुरै कानुन छ तपाईंसँग । नसुन्नेलाई सुनाउने संचार छ । नबुझ्नेलाई बुझाउने संसार छ ।

नेताले टेरेनन् भने तह लाउने बिधान छ । जनताले टेरेनन् भने संविधान छ । मन्त्रीले टेरेनन् भने  नियम छ । पुलिसले टेरेनन् भने कानुन छ । तपाईंसँगै लठ्ठी छ । तपाईंसँगै भैंसी छ । नटेर्नेलाई टेराउन रोक्योचाहीं  कसले ?

सल्लाहाकारले नटेरे फेर्नोस् । सहयोगीले नटेरे हेर्नुस् । पुलिसले नटेरे हटाई दिनोस् । सेनाले नटेरे ठटाई दिनोस् । भ्रष्टले नटेरे ठोक्नोस् । तस्करले नटेरे जाक्नोस् तर यसरी नरुनोस्, प्लिज !

सेना, प्रहरी, प्रशासन, पद, प्रतिष्ठा, अाँट, हैसियत, योजना, रणनिती, कुट्नीती सबै तपाईंकै हातमा छ तरपनि ‘कसैले टेरेनन्’ भन्दै लाचारी देखाउँदा हाम्लाई त बडो उकुसमुकुस भयो । तपाईंलाई त्यस्तो भा’छैन र ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com