शहरीया नानी, गाई चराउन जाने……..

प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार ०४:३०

शहरकी केटी पहाडमा बिबाह गरेर गईछन्  । नयाँ बुहारी सासु सँग सोधेर  काम गर्ने क्रममा एकदिन  बिहानै………

बुहारी : आमा बिहानी भयो के काम गरूँ?

सासु : जाउ एक डोको घाँस लगेर तल गुवालीमा गाईहरु बाँधेकाछन तिनिहरुलाई घाँस दिएर आउ

बुहारी : घाँस लिएर गुवाली पुग्दा सबै गाईहरु मुखभरि फिँज काढेर उघ्राइरहेको देखेर घाँस नदिई फर्किछन ।

सासु : बुहारी गाईलाई घाँस दियौ ?

बुहारी : दिईंन आमा, गाईहरु त भर्खर दाँत मोल्दै रहेछन्  !हा हा हा……

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com