नेकपाभित्र चलखेल गर्ने प्रतिक्रियावादी यी हुन् , चिन्नोस् कमरेड…

प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार ०४:२४

 

एकपाका अध्यक्ष पुष्पकमल दहालले एउटा प्रचण्ड खुलासा गर्नुभएको छ-
‘देशी बिदेशी प्रतिक्रियाबादीहरु हाम्रा  विरुद्ध छलखेल गरि रहेकाछन् ।’ छलखेलको बारेमा छरप्रष्ट पार्दै उहाँले ठोक्नु भयो – ‘पार्टी एकता र सरकारका राम्रा कामलाई प्रचार गर्न नदिन प्रतिक्रियाबादी तत्वहरु लागी परेकाछन् !’

बिदेशी प्रतिक्रियावादी को हुन् , सजिलै अनुमान गर्न सकिन्छ । देशी प्रतिक्रियाबादीचाहीं को रहेछन् भने धेरै खोज्याैं । ती त त्यही पार्टी ओरीपरी पो रहेछन् ! लौ न, यो जानकारी एकपा हेड्क्वाटरसम्म
पुर्याई दिअाैं !

 

  • चुनाव जित्न तताईएको एकताको मुद्दा केन्द्रीय नेताले चट्ट पद बाँडेर एकता गर्ने, एकता पश्चात सुस्ताउदै जाने शैली आन्तरिक प्रतिक्रियाबाद हो ।
  • संगठनलाई निष्क्रिय बनाउने, कार्यकर्तालाइ रमिते राख्ने, सरकारका राम्रा कामको प्रचार गर्न मुखै थुनिदिने कामपनि देशी प्रतिक्रियाबाद नै हो ।
  • सुनकाण्डको झ्याली पिट्ने, कारबाहीलाई बिस्तारै सेलाइदिने, संलग्नलाई छोडिदिने ।
  • सेण्डीकेटको हात्तीलाई अन्तिममा फुस्सा बनाउनु सानो प्रतिकृयाबाद हैन ।
  • प्रधानमन्त्रीलाई खुलेर समर्थन नगर्ने, सहयोग नदिने, हौसला नबढाउने, कमी कमजोरीमा रमाउने, गार्हो सार्होमा अप्ठेरो ठाउँमा समाउने- खास देशी प्रतिक्रियावादी यि हुन् , चिन्नोस् ।
  • दुईदिन कुर्सी खाली हूँदा कब्जा गर्न खाेज्ने, बाहिर बस्नै नसकेर संसद भित्र पस्न खोज्ने लोभी पापी, पद पाए जय गाउने, नपाउदा भयको वातावरण बनाउने सबै प्रतिक्रियावादी हुन् ।

खास कुरो यही हो, चुरो बुझे भैगो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com