रानीपोखरी अब रानीबन बन्ने : समाचार सार-गजुरियल बिचार 

प्रकाशित मिति: ३० आश्विन २०७५, मंगलवार ०४:३२

 

रानीपोखरी पुनर्निर्माणका लागि आह्वान गरिएको वोलपत्र पेश गर्ने कुनै पनि कम्पनीको योग्यता नपुगेको भनि पुन: बोलपत्र आव्हान गर्ने तयारी ।कतै कमिशनमा नमिलेको त हैन ? कैले कैले  पनि हुने गर्थे पहिले !

आश्वीन २९ गतेको दिन कैलालीको चिसापानी स्थित कर्णाली नदीमा डुङ्गा पल्टिएर दुईजना यात्रु हराईरहेका छन् | डुङ्गामा सवार ५ मध्ये तिनजना पौडिएर निस्किएका छन्  खोजि कार्यमा खटिएको प्रहरी टोली पनि रातको समय भएकोले उद्धार कार्य गर्न नसकिएको भनि फर्किएको छ ।
आज उज्यालो भइसकेको छ । फेरी दशैं बिदा परेकोले  उद्धार गर्न  सकिएन भन्ने सुन्नु नपर्ला कि !

नेपली कांग्रेसमा आन्तरिक बिवाद बढ्दै गएको छ । हिजोमात्र रामचन्द्र पौडेल समूहको भेला कांग्रेस नेता डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको थियो । उक्त भेला अनौपचारिक भनिए पनि बिधान मस्यौदाबारे छलफल भएको कुरा अनलाइन खबरले लेखेको छ।
बिचार मन्थनबाट समाधान खोज्नु त राम्रै हो । दुखाइको पिंडा बुझेको कांग्रेसले  पुरानो बिभाजनको  रोग त नदोहोर्याउला नि !

दशैंको अवसरमा सशस्त्र प्रहरीले उपत्यकामा सर्वसाधारणका सजिलोका लागि बिभिन्न रूटमा ४ वटा बस नि:शुल्क रुपमा संचालन गर्ने भएको छ । उक्त सुबिधका लागि एउटा रुट कलंकीबाट कालीमाटी, त्रिपुरेश्वर, माइतिघर, बानेश्वर, कोटेश्वर, ठिमिहुंदै सुर्यबिनायक पुगेर सोही रुटबाट फर्कन्छ ।
यसैगरी अर्को लगनखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, महाराजगञ्जहुदै बुढानिलकण्ठसपुगेर फर्कनेछ ।
त्यस्तै अर्को बसले चक्रपथ परिक्रमा गर्नेछ । उक्त बस स्वयम्भु हलचोकबाट छूट्ने छ । यो सुबिधा दशैं अवधिभर बिहाँन ८ बजे बाट बेलुका ६ बजे सम्म सुचारु हुनेछ ।
बिभिन्न आपराधिक घटनामा केही प्रहरीहरुको संलग्नताका कारण प्रहरी संगठनको छवी धमिलिएको टिप्पणी भइरहेको बेला गरिएको यो कार्यले प्रहरी संगठनप्रति जनता सकारात्मक  होलान्  त !

सुन्दा-सुन्दा सुनको महत्व नै घटाउने ३३ किले काण्डका अर्का अभियुक्त पनि पक्राउ परेछन् । सनम शाक्यको हत्यामा समेत मुछिएका बेनु श्रेष्ठलाई  अनतराष्ट्रीय अपराध प्रहरी संगठनको सहयोगमा दुबईबाट पक्राउ गरि काठमाण्डौ हुदै हिंजो साँझ बिराटनगर लागिएको छ ।
पक्रिदै छोड्दै गरेको मात्र सुनिन्छ, तर कडा कारबाही भएको खासै सुन्न नपाएका सर्वसाधारण जनता यो समाचार सुनेर रुने कि हाँस्ने ! 

दसैं  तिहार, छैठ लगायतका बिदाको समयमा कसैलाई कुनै प्रकारको अन्याय महशुस भएमा उजुरी लिन मानव अधिकार आयोगको काठमाण्डौ स्थित कार्यालय  खुल्ला रहने कुरा आयोगले जानकारी गराएको छ ।
राम्रो काम भएछ, गुनासो  राख्न पाँउदा क्षणिक भए पनि आत्मा सन्तुष्टी त मिल्ला नि !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com