स्याल कराउँछ बारिमा, ढुङ्गा हान्छन टारीमा : आजका हेड्लाइनहरु……

प्रकाशित मिति: ३० आश्विन २०७५, मंगलवार १४:३८

झलनाथ खनालले भने – सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन
स्याल कराउँछ बारीमा, ढुङ्गा हान्छन टारीमा !

हामीले संबिधान ल्यायौं तर छोरी चेलीको रक्षा भएन : कांग्रेस नेता चन्द्र भण्डारी
एक बिराउने सय पिराउने, उस्ले चोर्ने मलाई तिराउने !

मधेशको विकाश नभएसम्म देशको विकाश सम्भव छैन : मन्त्री महासेठ
कर्णालीपारी भुलजाना  विकाश  पुरा मधेशमे आना !

प्रजातन्त्रको नाममा देशमा अराजकतन्त्र बढ्यो : माधव नेपाल
तपाईंनै सत्ताभित्र प्रतिपक्ष, सुन्नै पर्यो यस्तै बिचित्र !

वडाअध्यक्ष उठेर मेयरको अधिकार पाइन्न : कामपा मेयर बिधासुन्दर शाक्य
ठिक, किनकी थियो सफल वडाध्यक्ष बन्यो असफल मेयर !

राजदण्डभन्दा पुरानो गोरु धपाउने लौरो हो : प्रधानमन्त्री
हिजो सजाउनु आज लत्याउनू , जनताले तिमिलाई कसरी पत्याउने !

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो : मन्त्री बस्नेत
थैलो राम्ररी नबाँध्नु , अर्कालाई औलो ठड्याउनु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com