युट्युब सधैंकालागि बन्द हुँदैछ, परग्रहबाट आयो खतरनाक संकेत…

प्रकाशित मिति: ३१ आश्विन २०७५, बुधबार ०५:५०

एकछिन बन्द भएको ‘युट्युब’ले धेरै खुला सन्देश दिएर पुन: चल्न थालेको छ । सन्देशको बारेमा पछि चर्चा गर्नेर्छौं, पहिला, किन बन्द भयो, यस बिषयमा कुरा गरौं ।

‘युट्युब बन्द’लाई कसैले ‘सर्भर डाउन’ भने । कसैले ‘सेटेलाईट समस्या’ देखाए । ‘युट्युब’ स्वयम्ले यसलाई ‘टेक्निकल ईस्यू’ भनेको छ । तर, परग्रहबाट प्राप्त संकेत अनुसार, यो ‘सुपर नेचुरल एक्टिभिटी’ले इन्टरनेट प्रयोगकर्तालाई सचेत गराईएको हो ।

हाम्रो युट्यूब च्यानलको चाबी हामीसँग हुन्छ । सिंगै युट्यूबको चाबी उसको हेडक्वाटरसँग हुन्छ । हेडक्वाटरको चाबी सेटेलाईटसँग छ । सेटेलाईटको चाबी ‘ब्रम्हाण्डीय अस्वभाविक गतिबिधि नियन्त्रण वस्तु’(Universal Unusual Activities Control Object, UUACO) सँग हुन्छ । यसले सिंगै ब्रम्हाण्डको अन्तरजालमा हुने अस्वाभाविक गतिबिधिको नियन्त्रण गर्दछ । उसैले आज युट्युब उसलै बन्द गराएको भु–गोलले जनाएको छ ।

‘स्वस्थ मनोरञ्जन र सम्यक सुचनाको लागि युट्युब बनेको हो ।’ UUACO  ले परग्रहबाट पठाएको अडियो सिग्नलमा अगाडी भनेको छ, ‘युट्युबमा नकारात्मकताको पहिरो आयो । अश्लिलता, अराजकता र असामाजिक भिडियोको बाढी पस्यो । हत्या–हिंसा, दुस्प्रचार र भ्रष्ट–आचारको भुकम्प चल्यो । त्यसो नर्गन मानिसलाई सचेत गराएका हौं ।’ UUACO पठाएको यो सिग्नललाई ट्रान्सलेट गर्न खोज्दा युट्युब डाउन भएको थियो ।

UUACO ले युट्युब बन्द हुनसक्ने संकेत केही दिन अघि नै पठाएको थियो । युट्युब दुरुपयोगकर्ता मध्ये धेरैलाई टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा पोल्ने, संझन नसक्ने, निन्द्रा नपर्ने, रिस उठ्ने, बर्बराउने समस्या आएको थियो । यो UUACO  ले पठाएको ‘वार्निङ् सिग्नल’ थियो । तर, विश्व नागरिकले यसलाई नबुझेपछि UUACO युट्युब सर्भर डाउन गर्न बाध्य भएको थियो ।

UUACO ले नासालाई छुट्टै सिग्नल पठाएको छ । ‘ब्रम्हाण्ड, पृथ्वी, महादेश, मानिस, समाज र प्रकृतिलाई हानी गर्ने कुनै पनि सामाग्री अपलोड गरेमा सधैंकालागि सेटेलाईट, सामाजिक सञ्जाल र सञ्चार माध्याम बन्द गरिनेछ ।’ सिग्नलमा भनिएको छ ।

पर–ग्रहबाट यस्तो शन्देश प्राप्त भएपछि संसारभरीमा बैज्ञानिकहरु ट्वाँ परेकाछन् । धर्तीबासीभन्दा शक्तिशाली अरु कोही रहेको ब्रेकिङ् न्यूज गजुरीयल डटकमले दिएको हो जुन पूर्णत: मनोजरञ्जात्मक समाचार हो ।

तर सत्य कुरो के हो भने, भाईरल हुन खोज्ने युट्युब सेलिब्रेटी, भाईरल बनाउन खोज्ने फेकलाईन पत्रकार, ट्रेण्डिङ्मा आउन चाहाने अश्लिल च्यानल, सस्क्राईब बढाउन नक्कली न्यूज राख्ने अराजक एडमिन, भ्युअर बढाउन उत्तेजना फैलाउने उदण्ड सञ्चालक, पैसा कमाउन बदनाम गर्ने बदमास युट्युबर– यी सबैलाई दुर्गा भवानीले सोझो कुरा बुझ्ने सद्बुद्धी दिउन् भनेर बाङ्गो कुरा गरिएकोचाहिं पक्कै हो । ह्याप्पी बिजया दशमी 😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com