अज्जब ज्वाईं – गज्जब सासु सम्वाद

प्रकाशित मिति: १ कार्तिक २०७५, बिहीबार १४:०७

 

माछा-मासु त कुरै छोडौं, लसुन-प्याज सम्म नखाने ज्वाईं-सासुबीचको कुराकानी:

सासु: लसुन प्याज त खानु हुन्न नि ज्वाईं ?

ज्वाईं: खान्न नि, कैलेकाही चुरोटको गन्ध हटाउँन मात्र खान्छु

सासु: ए ! तपाई चुरोट पनि खानुहुन्छ ?

ज्वाई़: सधैं हैन, रक्सी खाएको बेला मात्र

सासु: लौ न ! तपाईँ रक्सी पनि खानु हुन्छ र ?

ज्वाईँ: दशैं-तिहारमा तास खेल्दा मात्र

सासु: लौ न, तास पनि ?

ज्वाईं: खासै खेल्दिन सासुमा, मेरी प्रेमिकाले धेरै कहर गरिन भने मात्र ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com