समाचार सार

प्रकाशित मिति: ३ कार्तिक २०७५, शनिबार ०६:१४

 

दु:खका खबरहरु :

मोरङको पथरीशनिशचरे -८ शुक्रबारेमा एक युवाको हत्या भएको छ । पुरानो रिसीईबीका कारण  १७ बर्षका कृष्णबहादुर बिष्टले २७ बर्षीय बिजय खड्काको हत्या गरिएको आसंकामा प्रहरीले बिष्टलाई नियन्त्रणमा लिएको छ (अनलाईन खबर)
रिस खा आफु बुद्धि खा अर्को भन्या यहि हो, अब फँसिनस त खोरमा !

काभ्रे । पाँचखाल नगरपालिका -६ का पत्रकार राजकुमार मैनालिका १४ बर्षिय छोरा टिकाको दिन बिहानै देखि हराएका छन । साथी भेट्न गएका छोरो टिकाको साइत भै सक्दा पनि नआएपछि खोजबीन सुरुभएको हो । प्रहरीले आफु मतहतका सबै निकायमा सूचना गरी खोजतलास सुरु गरिसकेको छ ।
कतै पत्रकारले सत्य समाचार सम्प्रेषण गरे भनेर बदलामा कुनै अपराधिले छलखेल त गर्या हैन ?

भारत – दसहराको साँझ राँवणको पुत्ला दहनका लागि भेला भएको भिडमा रेलले ठक्करदिंदा ५० जनाको ज्यान गएको छ । शुक्रबार पठानकोटबाट अमृतसर जादै गरेको रेलले अमृतसर नजिक सो घटना घटाएको हो । पुत्ला दहन पछि मञ्चबाट भिंडलाई पर हटाउदा उक्त घटना घटेको खबर प्राप्त भएको कुरा राटोपाटीले डट कमले लेखेको छ ।
सिन्धुपालचोक जुगल -७  घर भई स्वयम्भू बस्दै आएका ५५ बर्षीय वीरबहादुर तामाङ्गको मृत्यु भएको छ । ठक्कर दिने मो. सा . न. बा २६ प ३७०७ का चालाकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
दशैंको सगुन रस सेवन गरेर चलाएका थिए भने ज्यान मुद्धा भवितब्य भए सवारी ऐन की हैन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com