प्रधानमन्त्रीको पानीजहाज र  हतुवागढीको यात्रा

प्रकाशित मिति: ४ कार्तिक २०७५, आईतवार ०९:२७

 

पानीजहाज त कुदाएकै हुँ मैलेपनी, कल्पनमा ! (हेर्नुस् : मनोज गजुरेलको नयाँ नेपाल) प्रधानमन्त्री केपी ओलीले पनि दौडाएकै हुन् , चुनावमा ! आश्वासनका कुरा कहिले पुरा हुन्छन् त्यो प्रतिक्षा गर मेरा जनता समयले सपनालाई कहाँ कहाँ पुर्याउछ !


तर यो फोटोकथा आश्वासन पनि होईन, सपनापनि होईन । सप्तकोशीमा दौडान गरि रहेको ‘मिनि पानीजहाज’को सत्यकथा हो ।  हुन त यो मोटरबोट हो तर व्यावसायिक काम गरि रहेको यो बोट हाम्रो जस्तो भुपरिबेष्ठित मुलुककालागि पानी जहाज नै हो ।

तर यो फोटोकथा आश्वासन पनि होईन, सपनापनि होईन । सप्तकोशीमा दौडान गरि रहेको ‘मिनि पानीजहाज’को सत्यकथा हो ।  हुनत यो मोटरबोट हो तर व्यावसायिक काम गरिरहेको यो बोट हाम्रो जस्तो भुपरिबेष्ठित मुलुककालागि पानी जहाज नै हो ।


हाम्रो यात्रा भोजपुरको दक्षिणी बजार घोरेटारसम्मको हो । काठमाण्डौबाट बिराटनगरसम्म जहाजमा, बिराटनगरबाट चतरासम्म गाडीमा, चतराबाट भोजपुरको हलेदेसम्म लगभग १५ किमि मोटरबोटको यो यात्रा निकै रोमान्चक थियो ।


गायीका प्राश्ना शाक्य सहित हामी आज फर्कदै छौं । तर ‘सि’पोर्ट’बाट खबर आयो कि मर्मतको लागी आज ‘जहाज’ चल्दैन रे ! त्यसैले हामी बैकल्पिक यात्राको तयारी गर्दैछौं ।


मर्मत गर्नु, बिग्रनु, इन्धन नपाउनु, अन्य प्राबिधिक समस्या आउनु आफ्ना ठाउँमा छ । तर,  प्राबिधिक पुर्वाधार, सरकारी संरक्षण र आर्थिक सुरक्षा समेत नभएको देशमा जनस्तरबाट ‘पानीजहाज’को दुस्साहस गर्नु सामान्य कुरो होईन । सलाम छ बराह जल यातायात प्रालीलाई ।


२/४ वटा यस्ता पानी जहाज सरकारले पनि चलाए हुन्छ हो ! थुप्रै सरकारी उद्ध्योगको लगानी ‘बालुवामा पानी’ भएको छ । यो पानीको लगानीचाही बालुवामा नजाने सम्भावना छ है । आगे विज्ञहरु बिचार !!!



प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com