राजा वीरेन्द्र – मदन भण्डारी सम्वाद : ‘मलाई त हेर्नै गाह्रो भयो महाराज !’

प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलवार ०३:१५

 

कुरो त्यही तस्विरको हो जुन अहिले निकै चर्चित छ । तस्विरको क्रिया गर्ने क्रम जारी छ । कोरामा बस्ने र बरखी बार्ने अवस्था आई हालेको छैन । तस्विरले भन्न खोजेको कुरो, दिन खोजेको सन्देश , स्थापित गर्न खोजेको संस्कृति के हो ? यस बिषयमा सर्वसाधारणले भनि सकेकाछन् । असाधारणहरुले भन्ने नै छैन ।

तर जो भन्न सक्दैन, जसले भन्न मिल्दैन जसलाई भन्न गाह्रो छ, उनीहरुचाहीं के सोच्दै होलान् ? हामीले लोक र परलोकका रहेका केही बिशेष ब्यक्तित्वहरुका प्रतिकृया ल्याएकाछौं । पढ्नोस्, ‘गजुरीयल मनोमिटर’को यो अर्धसत्य रिपोर्ट :

‘तिमीले भनेका थियौ, ‘राजाले राजनीति गर्ने भए सिंहासन छोडेर मैदानमा आउनुपर्छ !’ तर, अहिले यो फोटोमा के देख्दैछौ मदन ?!’
– दिवंगत पूर्वराजा वीरेन्द्र

‘महाराज, सामान्तबादको समूल अन्त्य नभएसम्म राजा रहनु र नरहनुमा खासै फरक पर्दो रहेनछ  !’
स्वर्गीय जननेता मदन भण्डारी

‘तमाम उमेर र अनुभवका आधारमा मेरो अदालत यो निर्णयमा पुग्छ कि मान्छेमा आदेश गर्ने गलामात्र हैन, अनुमान गर्ने कलापनि चाहिंदो रहेछ !, नत्र साला एक टिका आदमीको हनुमान बनादेता है । !’
– पूर्व प्रधान न्यायधिस गोपाल पराजुली

‘विज्ञता देखाउँदैनन् बिषयलाई, सल्लाह दिंदैनन् राष्ट्र्पतिलाई, सहयोग गर्दैनन् सरकारलाई भने किन पाल्नु ती बिज्ञ, सहयोगी, सल्लाहकारलाई ?’
करदाता जनता

‘आफ्नो आदर्श र सिद्धान्तबाट यिनिहरु जति टाढा हुँदै जान्छन् त्यति नै हामी श्रीपेचको नजिक पुग्छौं । श्री पशुपतिनाथले कल्याण नगरेपनि यी ‘पशुमतिनाथ’ले अवस्य गर्नेछन्, जय नेपाल !’
पूर्व राजा ज्ञानेन्द्र शाह

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com