प्रचण्डको होस खुल्यो, दुर्घटनाको खतरा कायमै  : आजका हेडलाईनहरु

प्रकाशित मिति: ७ कार्तिक २०७५, बुधबार ०५:३०

 

  • प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डको चेतावनी : ओभरटेक गर्न खोजे ठुलो दुर्घटना हुन्छ
    आफैंले खनेको बाटो गर्दै हतारो, बल्ल होस खुल्यो कमरेड अझै बाँकी छ अप्ठ्यारो !

  • मुख्यमन्त्री राउतको चुनौती : प्रहरी मात्र होइन, ५ हजार कर्मचारी भर्ना गर्छौँ
    नरिवलको बोटमा बाँदरलाई लिस्नु, न टोक्छ न बोक्छ बनाउने भयौ धुस्नु !
  • अब चूलो चुलोमा ग्यास होइन, बिजुलीको तार : प्रधानमन्त्री
    दुई तिहाईका प्र.म. आश्वासनका राजा, अब त अति भो सपनाको बाजा !
  • अलग मधेशको कुरा गर्नेहरु प्रतिक्रियाबादी डाँका हुन : पुष्पकमल दहाल
    उनै लडाकाको भाग लगाए पैले, अर्को डाँका आफ्नो भाग बेच्छु भन्छ ऐले !
  • नेकपा महासचिवको दावी :  अब मन माझामाझ् भयो
    तिम्रो ल्याङ ल्याङ यस्तै हो जहिले नि, मनको मैला जाँदैन कहिले नि !
  • कामपाका पूर्व मेयर केशव स्थापितमाथि दुइ महिला द्वारा यौन दुर्ब्यबहारको आरोप
    बिदेशको नक्कल नेपाली सिको, होस गरे है नेताज्यू देखिदैन निको !
  • राष्ट्रपतीले टिका लगाईदिंदा कसरी हट्यो अगाडी बस्ने कुर्सी ?
    भन्न त मिल्छ प्रतिक्रियाबादी खेल, बुद्धिमा बिर्को लाग्यो भइदियो झेल !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com