शुशिल नेपालद्धारा संकलित उत्कृष्ट जोक्स- पत्नी पुराण..

प्रकाशित मिति: १० कार्तिक २०७५, शनिबार ०६:१५

एकदिन श्रीमान घर आउँदा निक्कै अबेर भएछ । घर आएर ढोकाबाट भित्र छिर्न नपाउदै श्रीमतीले भनिछिन्…….

श्रीमती:- कहाँ जानू भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरि सोधे । हजुर त आज अफिसपनि जानू भएन रे ! के हो यस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ, के हो यो ?

श्रीमान:- म…..म……म आमालाई लिन गएको थिए, आमा अब यहीँ बस्नु हुन्छ । यो झोला आमाको हो। यस्मा आमाको कपडाहरु छ ।

श्रीमती:- ( रिसले मुर्मुराउदै ) दिमाग त सहि छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्यो र ? हजुर कै दाजुभाइले हेरि हाल्छ नि, त्यसै माथी हजुरको तलबले के नै हुन्छ र ? छोरा-छोरीलाई पढाउन त गाह्रो भैरहेको अबस्थामा अब यो बुढीलाई कसरी पाल्ने ?

श्रीमान:- त्यस्तो नभन, आमाको सेवा गर्न त हाम्रो धर्म र कर्तव्य हो नि ।

श्रीमती:- आफै बाच्न धौ-धौ परेको बेलामा म त सक्दिन ।

(यति भन्दै श्रीमतीले श्रीमानको हातबाट झोला खोसेर बाहिर लगेर फ्यालिदिन्छ । अनि यसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउँछे र श्रीमानलाई भन्छे ।)

श्रीमती:- अघि नै भन्न पर्दैन ? मेरो आमा हो भनेर !

श्रीमान:- तिमिले मलाई बोल्ने मौका कहाँ दियौ र ? एकोहोरो आफू मात्रै बोलेको बोलै । तिम्रो दाजु र भाउजुले तिम्रो आमालाई घरबाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाए, म अफिस नगैकन आमालाई लिन गएको थिए ।

श्रीमती:- ( मुस्कुराउदै ) कत्ती जात्ती र बुझ्ने हुनुहुन्छ है मेरो प्यारो बुढो । (यत्ती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे )

यस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाईको ठुलो हात हुन्छ । जुन घरको नारी समझदार, दयालु र बुद्धिमानी हुन्छ । त्यो घर आफैंमा स्वर्ग हो । हरेक बिबाहित नारिले यो सानो लेख अबस्य पढिदिनु होला ।

 

-शुशिल नेपालको फेसबुकबाट
(नेपाल लोकप्रिय रियालिटी शो ‘भ्वाईस अफ नेपाल’का सञ्चालक तथा प्रश्तोता हुन्)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com