काठमाण्डौभन्दा भरतपुर महानगरपालिका अगाडी तर के मा ? आजका हेडलाईनहरु

प्रकाशित मिति: १२ कार्तिक २०७५, सोमबार ०१:४८

वाइडबडीले नयाँ गन्तब्य पाएनन्, आर्थिक नोक्सानीको डर
घाँस-पराल नखोजी भैंसी किन्नेहरुबाट हर्जना असुल्नु पर्ला !

रंगशाला र सिटीहल दुबै बन्छ, प्रधानमन्त्रीले घोषणा गर्दिनुस् भन्नुभा छ : प्रचण्ड 
अर्काका बाउको श्राद्ध गर्न सारै सजिलो ! भन्नुस भने, भन्दिए- हुलाकी बन्दिए !

पाकिस्तानमाथि गोल बर्षा गर्दै नेपाल यु -१९ एएफसी छनोटको दोश्रो चरणमा
कैलेकाहीं अगाडि अन्तिममा पछाडि, निरन्तर खेल्याछन् हाम्रा खेलाडी !

सरकारी जग्गा बेचबिखन गराउने मालपोत अधिकृत सहित ७ जना बिरूद्ध भ्रष्टाचार मुद्दा
सरकारी जग्गा थाहा पाइपाई किन्ने मुर्खलाई चाहीं के त ?

भरतपुरले काठमाण्डौ महानगरपालिकाचाहीं उछिन्न सक्छ
उछिन्ने धुलोमैलो प्रदूषणमा कि कामै नगर्ने अल्छि मेयरमा ?

केन्द्रसँग सहकार्य गरी प्रदेश सरकारले अपराध न्यूनीकरण गर्ने : मुख्य मन्त्री राउत
सिकेहरुले टेरेनन् की कसो ? असहयोगीसँग गुहार माग्यौ त, कसाे !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com