पिउने पानीको जारमा चुईगमको बिर्को : आजका हेडलाईनहरु

प्रकाशित मिति: १३ कार्तिक २०७५, मंगलवार ०१:२६

 

  • -यूएई र कतारमा राष्ट्रपतिले पाउने उपहार कस्को ?
    उपहार राष्ट्रको अर्कैले समाउलान्, देखे सजाउलान् नदेखे लगाउलान् !

  • -ओली प्रति अनुग्रहित छु, तर अब आँधिबेहरी आउदैछ : कमल थापा
    अर्थात्, 
    तिमी राम्री छ्यौ हुनु पर्यो मेरी, हैन भने भोग्नुपर्ला तिमिले आँधिबेहरी !

  • भक्तपुरमा अपाङ्ग बालिका बलत्कारको आरोपमा दुई बृद्ध पक्राउ 
    मर्नेबेला टोक्नु पर्ने तिम्ले हरियो काँक्रो, झोस्नु पर्ने अघुल्टाले समाएर डाँक्लो !

  • खानेपानी उद्योगमा लापरवाही: जारको पिंध टाल्न चुइगमको प्रयोग
    खोल्साको पानी जारमा हाले, चुहिंन थाल्यो चपाएर टाले ! काले काले मिलेर खाओ रातो भाले !!

  • रोग पत्ता नलागेपछि मुख्यमन्त्री शेरधनराई बैंकक तर्फ
    हिस्टपुष्ट खाइलाग्दा यिनि उज्याला, उनैपनि रोगी भए देशको के होला !

  • अन्यौलमा नेकपाका नेता, बढ्दैछन् असन्तुस्टीहरु
    के होला ढिलाईको जरो, भन्न सजिलो गर्न गार्हो !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com