हाँस नउठे भाडा फिर्ता : २०३६ सालका घरबेटी !

प्रकाशित मिति: १३ कार्तिक २०७५, मंगलवार ०३:३७

 

काठमाण्डौको लैनचौरकी एकजना घरवाला साहुनीको घरमा धेरै मानिस बस्थे । ट्वाइलेट एउटा मात्र, साहुनी पालो मिलाउन लठ्ठी लिएर डिउटी लाग्थिन् । यसै मेसोमा डेरावाला झापालीजी र साहुनी बीचको सम्वाद सुन्नोस् , मनोज-रञ्जन लिनोस् ।

झापाली : खै खै मलाई गार्हो भयो, म पहिला जान्छु (ट्वाइलेट पस्छन्) ।

साहुनी : ए बा ! यो मान्छे निस्किदैन त, (लठ्ठीले ढोकामा ट्वाक ट्वाक गर्दै) छिटो निस्क !

झापाली : (बाहिर निस्कदै रिसाउँछ) तिमीले किन दुख दिएको हँ ? जे काम गर्न गाको त्यो नसकी कसरी निस्कनु ? के मैले तिम्रो आँगनमा गर्नु ?

साहुनी : हेर् तिमी झगडा नगर, अरुलाई पालो नदिने ? टिमी टिम्रो घरमा पनि यस्तै गर्छ ?

झापाली: तिम्रो जस्तो एउटा ट्वाइलेट हो र ! हाम्रो त आज यहाँ, भोली वहाँ, पर्सि तल्लो, निकपर्सि माथ्लाे ! हप्तामा सातै ठाउँ जान्छौ फेरिफेरी ….

साहुनी : ल बा ! धेरै धनी पो रैछ, कति धेरै ट्वाइलेट ??????

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com