दुई समाचार सार :  चलाउने भएछन रेलगाडी र केबुलकार, जनतालाई बनोस सरोकार नहोस् बेकार ……

प्रकाशित मिति: १७ कार्तिक २०७५, शनिबार १६:१३

 

जनकपुर-जयनगर रेल संचालन गर्न इन्जिन र डिब्बा भाडामा लिने रेल बिभागको तयारी रहेको समाचार संप्रेषण भएको छ । आगामी महीना देखि पूर्णतया सञ्चालनमा आउने गरि ट्रयाक निर्माणको काम हुदैछ ।सरकारको रेल संचालन गर्ने  राष्ट्रीय  निती तथा योजनालाई प्रतिष्ठाको बिषय बनाएर हतारमा ब्यापारी र छिमेकीलाई धनी बनाउने र जनताई ऋणको भारी बोकाइने हो कि भन्ने  गजुरियल आसंकामा पानी पार्न सरकारलाई  हाम्रो चुनौती !

दोलखाको कालिन्चोकमा केबुलकार संचालनमा आएको छ । निजी क्षेत्रबाट संचालित उक्त सेवाले सो क्षेत्रको धार्मिक पर्यटनको बिकाशमा टेवा पुग्ने कुरा केबुलकार संचालकको भनाई छ ।
देख्दा,सुन्दा सान्धर्वीक  भए पनि आमा सर्वसाधारणको पहुँचमा होस् । केहि ब्यापारीले पैसा कमाउने र सिमित सम्पन्न र पहुँचदारले रम्ने थलो मात्र नहोस । अन्यथा, केवुलकार चलाउनेलाई अपार, चढ्नेलाई ब्यापार र सामान्य जनताका निम्ती बेकार साबित हुने  गजुरियल ठम्याई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com