बुद्धिमा स्वार्थको बिर्को लागेका नेता : आजका हेड्लाइनहरु….

प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार ०२:५९

नेकपा नेता कोही सरकारको समर्थन र कोही बिरोधमा
देश बनाउने यिनको नारा भताभुँङ्ग सारा, बुद्धिमाथि स्वार्थी बिर्को सधैं उहि पारा !

उत्पादनशिल जनशक्ति वैदेशिक रोजगारीमा कहिलेसम्म ?
देशको सरकार बिदेशिको भर परुन्जेल ,बिकाशको काम भन्दा कुरा गरुन्जेल् !
आफ्नो देशमा सानो काम गर्न लजाउँन्जेल् ,बिदेशिका ट्वाइलेट बाथरुम चट्ट सजाउन्जेल् !

२९ बर्षमै ९ सन्तान, कति अपबित्र भए हाम्रा कान
मेशिन र महिला उस्तै ठान्ने, अब पुग्यो भन्नै नजान्ने, दुबै उस्तै !

किताव ब्यापारी भन्छन् : अस्पताल र जेलमा पुस्तक नदेख्दा दु:ख लाग्छ
तनावमा हुन्छन बन्दी, अस्पतालमा बिरामी, त्यहीँ पनि किताब बेच्ने  हाम्रा ब्यापारी !

भागबन्डा नमिलेर गण्डकीमा गाउँपालिका महासंघको अधिवेशन स्थगित
यस्तै उस्तै गर्दै आयौ  आज भन्दा पैले, कुकुर पुच्छर ढुँङ्ग्रो भित्र सोझो हुन्न कैले !

सर्लाही गोलिकाण्ड : नेकपाका एक कार्यकर्ता भारतबाट पक्राउ
बाहिरी भेषमा नामधारी कार्यकर्ता थिए, अपराधि कुख्यात रहेछन  मान्छे मारीदिए !

सरकार ‘फुलफ्लेज गियर’मा चल्नेवाला छ : प्रचण्ड
सरकारी पार्टी नट बोल्टु लुज, लिंगरिङ गर्दै मज्जाले कुद् ! 

कालिन्चोकमा चल्यो केबुलकार, ५ सय मात्रै शुल्क

जनताको बनोस सरोकार, सुन्दै नहोस बेकार !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com