आजका समाचार सार : गुण्डाकी श्रीमती पक्राउ, तुलाधरको निधन्, शंकास्पद शव भेटियो र भारतीयलाई नागरिकता ………

प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार १५:११

गुण्डा नाइकेको रुपमा कहलिएका समीरमानसिंग  बस्नेत कि पत्नी माया शेरचनलाइ प्रहरीले पक्राउ गरेको छ । निर्माण ब्यबसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या गर्न पेस्तोल सप्लाई गर्ने कार्यमा उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।
अपराधिक कार्यमा पुरुषहरुको मात्र संलग्नता हुन्छ भन्ने पुरानो मानसिकतालाइ चुनौती दिईछिन । अपराधजन्य कार्यबाट आउने धन र पैसाले बिलासी जीवन बिताउन पल्केकी थिइन कि !

चर्चित बाम्पन्थि नेता पद्मरत्न तुलाधरको निधन भएको छ। केहि बर्ष अघि देखिनै स्वास्थ्य अवस्था कमजोर भएका कारण तुलाधर खासै चर्चामा देखिएका थिएनन् । २०४२ को निर्वाचनलाई उपयोग गर्ने निति अन्तरगत  तात्कालीन नेकपा मालेको सहयोगमा उनि जनपक्षीय उमेद्वारको रूपमा सूर्य चिन्ह लिई काठ्माण्डौबाट बिजयी भएका थिए । २०४६ को परिवर्तन पछि पनि नेकपा एमालेको सहयोगमा निर्वाचनमा सहभागी भएर बिजयी भएका थीए । एमालेको तर्फबाट स्वास्थमन्त्री समेत  भएका तुलाधार आफुलाइ सधैं स्वतन्त्र भन्न रुचाउँथे । जे होस, पञ्चायतलाई उपयोग गर्दै तत्कालिन राष्ट्रिय पञ्चायतमा बिद्रोहको बिगुल फुक्ने कुरामा उनको महत्वपुर्ण भुमिका रहेको भुल्न सकिन्न ।
स्वर्गीय तुलाधरप्रति हार्दिक श्रद्धाञ्जली !!!!

संकास्पद शव फेला परेको खबर अनलाईन खबरले लेखेको छ । अन्दाजी २० देखि ४० बर्ष उमेर हुन सक्ने एक महिलाको शव चन्द्रागिरी नगरपालिकाको पात्ले बनमा फेला परेको हो । स्थानियले जानकारी गराए पछि प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको जानकारी प्राप्त भएको छ ।
कस्ले कहाँबाट लगेर  त्यहाँ फाल्यो होला ?

भारतीय नागरिकलाइ नागरिकता बनाउन सिफारिस गरेको आरोपमा बिराटनगर महानगरपालिका वडा न. १ का वडाअध्यक्ष उद्धव अर्यालसहित १६ जना बिरूद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।
यो केवल कागजी लिखत मात्र होइन, देशद्रोहको श्रीङ्खला हो । सख्त कारवाही गर्नु पर्दछ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com