ओली-प्रचण्ड झ्याप्पै मिल्नुको रहस्य ठ्याक्कै पत्ता लाग्यो…

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार ०२:५३

‘ओलीजी र म झ्याप्प मिलिहाल्यौ, नेता भनेको यस्तो हुनुपर्छ क्या !’ यो कमरेड प्रचण्डको लेटेस्ट विचार हो । आउनोस्, उहाँको यो विचारमाथि गजुरीयल टिप्पणी गरौं !

चमत्कार नै गर्नु भयो कमरेड !  याे मुलुकमा आपसी वाकयुद्ध कसैमा थियो भने तपाईँ र ओलीजीमै थियो । गाली गर्नु पर्दा सबैभन्दा तागतिला शब्द छान्न सायद अर्कै निजी शब्दकोष  निर्माण गर्नु भएको थियो झैं लाग्दथ्यो ।

जातमा दुबै बिराला भएर के गर्नु,  फरक जातका जन्तुजस्तै ङ्यार-ङ्यार र भाैं भाैंको ध्वनी  बडो आकर्षक सुनिन्थ्यो । कैलेकाहीं त आवाजको फेरबदलले कुन आवाज कस्को हाे, ठम्याउनै कठिन हुन्थ्याे ।

 

‘कौन बिल्ली कौन शेर, खजना चाहिने दुइटैलाई धेर !’ हिजो शिकार कस्ले पकड्ने भन्ने कुरामै लडाईं थियो । सिंह होस या बिल्ली, खाेज्ने बाटो र खजना एउटै थियो । आखिर को सिंह थियो, को थियो बिरालो, हामीलाई थाहा छैन  तर धर्ती भासिंदै जाँदा, जंगल मासिंदै गर्दा तपाईहरु भोकै मर्ने खतरा चाँहि अवस्य बढेको हो ।सायद अब ‘नरहे बाँस नबजे बाँसुरी’ भन्ठान्नु भयो होला । ‘बाँसघारी जोगाउनु आजको मुल मुद्धा’ भन्ने निश्कर्षमा पुगेर नै झ्याप्प अंगालो मिलाउनु भएको कुरा सबैले बुझेकै हुन्  ।

ऐले दुबै बिल्ली देखिनु भएको छ तर  जिज्ञासा अझै बाँकी छ, हिजो बिल्ली काे  थियो, को थियो सिंह ? आज को झुक्यो झ्याप्पै, को उभियो ठिङ्ग ? लौ न, खबर पाउँ !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com