आजका हेड्लाइनहरु : भ्रष्टाचारी बन अधिकृतलाई रुखमा…….., बन्यो बाँदरलाई लिस्नु, कामले पनि शुभकामना पर्खिएको

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार ०५:०९

काँग्रेसको विधान संशोधन मस्यौदाको प्रश्तावनामै विरोध
पहिलो गाँसमै ढुङ्गो, कैले लाग्ने टुङ्गो !

सहायक वन अधिकृतविरुद्ध २ करोड भ्रष्टाचार गरेको आरोप, विशेषमा मुद्दा
वनको कुरा वनमै टुङ्ग्याउ, गतिलो कारबाही रुखमा झुण्ड्याउ !

तिहारपछि सरकारको कामले गति लिन्छ : माधव नेपाल
कामले दशैं तिहारको शुभकामना नै पर्खिएको रहेछ कि ?

तिहारमा वीरगञ्ज नाकाबाट मात्रै डेढ करोडको फुलआयात                                                                                                              आफ्नो बारी बाँझै तितेपाती फुल्यो, स्वाधिनताको लडाई फूलमालामै सुल्यो !

सत्यनारायणको गोरखधन्दा : भारतबाट आफन्त बोलाउँदै, नागरिकता थमाउँदै
एउटै निर्णयले २२ लाखलाई दिनु, बाँदरलाई बन्यो बलियो लिस्नु !

सरकार तिब्र गतिकासाथ अघि बढिरहेको छ : प्रचण्ड
हिंडाईमा कछुवा भनाइमा बेग, विकासको काम चल्याछैन डेग !

महन्त विरुद्ध मोर्चाबन्दी : बेलगाम निर्णय, राजपामा असन्तुष्टि
स्वार्थी छन नेता विचार विहिन संगठन, छक्क पर्नु अहिलेसम्म के ले मिल्यो मन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com