आजका हेड्लाइनहरु : लथालिंग बिराटनगरलाई  क्रिम, पाउडर,………

प्रकाशित मिति: २३ कार्तिक २०७५, शुक्रबार ०४:०१

लथालिंग बिराटगरमा चार अर्बको भ्यु टावर
महिनौ भयो कान्छी दिदी भोकै बसेकी, मुहार सुन्दर देखाउँन  क्रिम पाउडर घसेकी !

मुख्यमन्त्री डोरमणीको सिआईएसँग साँठगाँठ रहेको केशव स्थापितको आरोप
मन्त्री पाउन्जेल सपथ लियौ उनकै मुखबाट, लाजै बिना प्वाक्क बोल्यौ तिमीले किन आज !

प्रचण्डको पछिल्लो प्रयोग : मदन भण्डारी सम्झाउने, केपी ओली रिझाउने !
उनलाई सम्झाउने यिनलाई रिझाउने, प्रधानमन्त्री बन्ने रहर आफै सजाउँने !

निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन्: गृहमन्त्री थापा
ढिलासम्म सुत्ने अल्छे जस्तो, हैन फेरी निधाइस भन्नासाथ सिरक भित्रै खुट्टा हल्लाउने !

सरकारलाई प्रभावकारी बनाउन मन्त्री फेरबदल हुन्छन् : प्रचण्ड
मन्त्री आउन कर्मयोगी हैन अरौटे, अब फेरी देख्नु हुन्न भरौटे र कुरौटे 

एक महीना भित्रै तिन राप्रपाबिच एकता हुने
ईख बिनाका मान्छेहरुको भिंड, छिन् मै रिसाउँने छिनमै खुसाउने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com