आजका हेडलाइनहरु : निजी मेडिकल कलेज सरकारले लिने, जब भयो कम जिम्बेवारी बहन, सुरु भयो पुत्ला दहन …

प्रकाशित मिति: २७ कार्तिक २०७५, मंगलवार ०३:०६

राजपामा ‘नक्कली’ विधान विवाद, कसले हटायो बुँदा नम्बर १२
एकता नक्कली कुरा नै नक्कली, लुकाउने देखाउने दाँत नै नक्कली त्यै बिधाननै मात्र किन हुनु सक्कली !

काठ्माण्डौंमा प्रधानमन्त्रीको पुत्ला दहन
जब भयो कम जिम्वेवारी बहन, यै मौकामा गर्न थाले , तिम्रो पुत्ला दहन् !

संकटमा परेको श्रीलंकाले नेपालबाट के पाठ सिक्न सक्छ ?
बन्दुक बिसाउने सत्तामा जाने जे पर्लापर्ला मिलाएर खाने,आदर्श जति पैसामै बिक्ने, यो भन्दा राम्रो के छ र सिक्ने !

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने
परिचयको मुल्य कति होला हाउ, सिमा पारि किनबेच गर्न बुझ्दै होलान भाउ !

सत्तारुढ दलका सांसदको प्रस्ताव : निजी मेडिकल कलेज राज्यले लिनु पर्छ 
निजि मेडिकल कलेज राज्यले लिनु पर्छ, मुल्य उनैले तोक्छन सरकारले दिनु पर्छ !

पत्नी सीताको उपचारका लागि गृहमन्त्रीसहित म्याग्दी पुगे प्रचण्ड
बाथ रोगी नेपाली कति छन कति छन, हेलीकप्टर पाए सबै जना जानछन !

टिकट लिएर दौडनु मेरो कमजोरी भयो : दमननाथ ढुङ्गाना
प्रतिष्ठाको चाङ माथि थप्न खोज्यौ चुली, अब नाँक ठुटो भयो झर्यो तिम्रो फुली !

काठ्माण्डौ नगरपालिकाका मेयर र उपमेयर चीन भ्रमणमा
काठमाण्डौको फोहर मैला नहटेकै ठहर, स्वस्थ शहर हेर्ने घुम्ने लाग्यो होला रहर !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com