आजका हेडलाइनहरु : घर निकाल्नेलाई जेलमा बन्दी, बृद्धाश्रम खेद्नेलाई न मलामी न जन्ती…

प्रकाशित मिति: २८ कार्तिक २०७५, बुधबार ०७:१९

चिनी रोगसँग नडराऔं, क्यालोरी नापेर खाऊँ
अल्छे तिघ्रा स्वादे जिब्रा, त्यै भएर स्वास्थ्य  बिग्रिया !

पराष्ट्र सेवाको सुब्बामा कम उत्तिर्ण, बैकल्पिक उमेदवार नै पुगेनन्
बोर्डिङ पढ्ने बिदेश तिर हिंडछन्, सरकारी लोकसेवा भिंड्छन्, धेरै जना अड्किन्छन थोरै मात्र छिर्छन् !

लैनचौरका डान्स बारबाट ३५ बालबालिकाको उद्दार, ३ सञ्चालक पक्राउ
एउटा मात्र होईन यहाँ धेरै चल्दै आएथे, गर्नु हुन्न भन्नेले नै हप्ता उठाई खाएथे !

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !
घर निकाल्नेलाई जेलमा बन्दी, बृद्धाश्रम खेद्नेलाई न मलामी न जन्ती ! 

सुजाताकोमा खाना खाँदैमा आत्तिनु पर्दैन, हाई हेल्लो मात्र हो: रामचन्द्र पौडेल
पहिला हुन्छ आँखा जुधाई अनि मात्र बोलचाल, तब मात्र हुन्छ जे जे हुनु गोलमाल !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com