आजका हेडलाइनहरु : पहुँच भए खाउला मकै, एक्लो भयौ मर्छौ भोकै… 

प्रकाशित मिति: ३० कार्तिक २०७५, शुक्रबार ०२:२५

आर्थिक सहायतामा बिभेद : निकटलाई करोडौं पाँच हजार निबेदन अलपत्र
ठुलावडा साथमा भए खाउला मस्ती मकै, पहुँच नभै  एक्लो भए मर्छौ यसै भोकै !

युरोपिय संघबाट बाहिरेने ब्रिटेन मन्त्रिपरिषदको निर्णय
तिमीसँग छउन्जेल बाँडीचुडी खाउँ, रित्तो भयौ तिमी आफ्नो आफ्नो खाउँ !

गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै हिन्दी नायिका अक्सरा
उमङ्ग, आबेगमा रोकिएन बेग, उदाङ्गो भएसी लाग्यो उदेक !

सरकारले राजदूत थापालाई फिर्ता बोलायो, शाक्यको नाम सिफारिस
धेरै राम्रा भएर के गर्नु अरुकै राम्रा हुन, जस्ले जे भने पनि हाम्रा हाम्रै हुन !

पूर्व राजदूत उदयराज पाण्डे पुन: मलेसियाको राजदूतमा  सिफारिस
एकोहोर्याउने सानातिंना कति छन कति छन, अनुभवले खारिएकाले नै धेरै दाम दिन्छन् !

प्रहरीलाई चालक र सहचालकले १ हजार अफर गरेपछि…
पैसा सस्तो कस्लाई हुन्थ्यो अफरलाई, पैसा खान्छन भन्ने कुरा थाहा थियो उनलाई  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com