यस्तो छ, अन्तर्राष्ट्रमा हाम्रो छवि…

प्रकाशित मिति: २ मंसिर २०७५, आईतवार ११:१३

 

‘अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च छ ।’  परराष्ट्रमन्त्रीज्युले भनेपछी पत्याउनै पर्यो । प्रदिप ज्ञवालीको भनाई पत्याउनै पर्यो । तर, छवि उच्च हुनुको कारणचाहीं अलि फरक छ । आउनोस्, यो समचारको  गजुरियल बिश्लेषण गरौं । हो, हाम्रो छवि उच्च छ । विदेशीहरुले बुझेको त्यो उच्चता भनेको…

देश चलाउन सहयोग माग्नेहरुको देश, खर्च गर्न नसक्ने थाङ्नेहरुको देश, नानी भन्दा आच्ची ठुलो , आवस्यकता भन्दा संसद ठुलो भएको देश भन्दा हुन् ।

आफ्नो खेतमा काम गर्नै लजाउने, बिदेशीका वाथरूम सजाउनेको देश, पैसाको प्रलोभनमा धर्मको कारोबार फस्टाएको देश ठान्दा हुन्  ।

देश छोड्न एउटा खुट्टो उचालि रहनेको देश-विदेशीहरुले हाम्रो उच्चताको यसरी मुल्याङ्कन गरि रहेका होलान् ।

हाम्रो उच्चता, बुबा-आमा लाई बाबु आमा हैन, विदेशीलाई कामदार उत्पादन गरिदिने कारखानाको रुपमा बुझ्दा हुन्   ।

पैसा भने पछि…..मै किन नझरोस्,  पाए सम्म भाईको, दाईको, माईको, आमैको, राईको, पराईको नछोड्ने, त्रिनेत्रधारी मानव वस्ती देख्दा हुन् ।

सडक देखि सदन सम्मै बेरोजगार, गफाष्टक र कुरौटेहरु छताछुल्ल पाईँने देशको रुपमा विदेशमा हाम्रो उच्च छवि रहेको बुझाई छ । त्यसैले हामी मन्त्रीजीको विचारसँग आधा मात्र सहमत छौँ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com