आजका हेडलाइनहरु : भ्रष्टाचार भए अख्तियारले हेर, पुरुष हैकम भए महिला मिली घेर

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार ०७:२५

 

एउटै माला लगाएपछि कोइरालात्रयले भने – हामी एक छौं, कांग्रेसको शाख फर्काउछौँ
तीनटा मन तीन तिर भाग्दै, मालाले बाँधेर समाउन लाग्दै ! देखाउने कुरा शाख बचाउने, लुकाउने कुरा  पद जमाउने !

‘सरकारले उद्दोगलाई कहिलेसम्म संरक्षण गर्ने ?’
संरक्षण हुन्छ सम्म तब, उद्दोगी नाफामा जादैन जब !

सांसदहरु भन्छन् – नागरिकता विधेयकमाथि राजनीति सहमति खोजौं
सहमतीमै २२ लाख बाँडेकाथ्यौ पहिले, त्यही नजिर फेरिपनि  दोहोर्याउला है ऐले !

कांग्रेस बैठकमा देउवाको प्रस्ताव : नेविसंघको म्याद दुई महिना थपौं
रात गए अग्राख पलाउने, मौका मिले खेल्ने, खेलाउने ?

सचिव पुष्पा चौधरीको आरोप-सिंहदरबारमा पुरुषहरुको हैकम चल्छ
भ्रष्टाचार भए अख्तियारले हेर, पुरुष हैकम भए महिला मिली घेर !

साउदी प्रहरीको फरार सुचीमा रहेका शिवरामको नेपालमा चोरी धन्दा
नानी देखिको लाग्या बानी, उस्तै रहन्छ जहाँ पनि !

पुर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माइन्
एक्लो बस्नै मन भएन खोजिन होला केटो, चर्चा पाउँन नेताजीले लाइदिन क्यारे टिको !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com