शरीरमा राैं भएको माछा…

प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार ०६:१५

एउटा अल्छी र लद्दु केटो रहेछ । जाँचको अघिल्लो बेलुका किताब पल्टाउदा उपिंयाको बारेमा लेखेको भेटेछ र त्यो पाठ चाँहि कण्ठ पारेर गएछ। अरु केहि पढ्दै पढेनछ ।

परिक्षा हलमा जाँदा कुकुरको बारेमा प्रश्न आएछ । कुकुरको सामान्य जानकारी पछि कुकुरको शरिरमा रौ हुन्छ, रौ भित्र उपिंया हुन्छन बाट सुरु गरेर उपिंयाको बारेमा पाँच पेज लेखेछ ।

शिक्षकहरुले उनको लेखाईको कारण उत्तर पुर्ण नआए पनि फेल गराउन सकेनन् । फेरी गाईको बारेमा लेख्न दिएछन् । गाईको बारेमा पनि ठ्याक्कै कुकुरको जस्तै  उपिंया बर्णन गरेछ ।

शिक्षकहरु हैरान भएर रौं नै नहुने माछाको बारेमा दिंदा उपिंया नलेख्ला कि भन्या त झन मज्जाले लेखेछ- ‘माछाको रौं हुदैन र मात्रै, यदि माछाको शरिरमा रौं हुन्थ्यो भने उपिंया यसरी खेल्थे होलान, कहिले पानीमा कहिले माछामा ……….भन्दैन, दस पेज पो लेखेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com