राष्ट्रपति कार्यालय ताप्लेजुङमा, निवास मोरङमा !

प्रकाशित मिति: ७ मंसिर २०७५, शुक्रबार ०७:३२

 

बहुतै ‘मृदुभाषी’ कम्युनिस्ट मन्त्री तथा सरकारका प्रबक्ता ‘कमरेट’ गोकुल बाँस्काेटाले बडो ‘शालिन’ ढंगले थर्काउनु भएको छ- ‘राष्ट्रपतीले साईकल चढ्ने त ?’ शालिन प्रश्नको जवाफ शालिन ढंगले नै दिनुपर्छ -‘मन्त्रीज्यु, साईकल चढ्दा ईमान, इज्जेत र प्रेस्टिज घट्ने होईन, झन् बढ्छ । बरु १८ करोडको कुराले लाज भैसक्यो ।’

उहाँले थप्नु भएको छ- ‘१८ करोड एउटै गाडीको दाम हैन, सवारीको सेट नै हो ।’ हामी सोध्न चाहान्छु कि -‘खेलौना, जुत्ता, कपडाजस्तो हो र सेट नै किन्नु पर्ने ! गाडीको अभावमा रास्ट्रपतिज्युको कुन कामचाहीं अड्कियो हँ ?’

अगाडी थप्नु भएको छ- ‘गाडी किन्ने इच्छा राष्ट्रपतिको होईन ।’ सोध्न चाहान्छु- ‘इच्छा नै नभएको मान्छेलाई जवर्जस्ती गाडी किनाएर किन बदनाम गर्न चाहानुहुन्छ ! कि सुत्केरीको नाम लिएर टाउकोचाहीं आफू खाने योजना त हैन होला !’

स्पष्टीकरण दिनु भएको छ – ‘गाडी किन्ने निर्णय अघिल्लो सरकारको हो ।’ त्यसो भए प्रष्टिकर दिनोस्- ‘अघिल्लो सरकारका राजनैतिक निर्णयचाहीं रद्द हुने, नगद-नैतिक निर्णयको भारीचाही बोकी रहनु अनैतिक भएन र ?’

राष्ट्रपति कार्यालय सार्ने बिषयमा भन्नु भएको छ -‘ठाउँ सानो भयो ।’ सोध्न मन लागेको छ – ‘ठुलो ठाउँमा सारेरचाहीं जनताले भोगी रहेको गरिबी, बेरोजगारी र  निरासाको कालो बादल हट्छ त ?’

हट्छ भने, राष्ट्रपती कार्यालयका लागि सिङ्गै ताप्लेजुङ र निवासका लागि पुरै मोरङ्ग जिल्ला छुट्याउँ ! हैन भने, यो  जनताको गाली खाने, राष्ट्रपतिको बेईज्जत गर्ने र गणतन्त्रलाई थप अलोकप्रिय बनाउने काम नगरौं…भन्न मन थियो, सुन्नेले सुने पो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com