कमिलाले हात्तिको घाँटीमै थिचे पछि…

प्रकाशित मिति: ८ मंसिर २०७५, शनिबार ०२:२०

कमिला भनेको किरा मध्यकै सोझो मानिन्छ।सधैंजसो कमिला लामबद्ध भएर आफ्नो खानाको खोजीमा हिंडिरहेको समयमा हात्ति आएर कुल्चिदिनाले उनिहरु आजित भएका थिए। कमिला हात्ति सँग बदला पनि लिन चाहन्थे अनि ज्यान जोगाउँन उपाय पनि सिक्दै थिए ।
हात्तिलाई देख्नासाथ रुखमा चढेर ज्यान बचाउने योजना अनुसार एक दिन सबै रुखमा चढ्दै थिए । हात्ति ठ्याक्कै त्यहिं आउनासाथ एउटा कमिलो चिप्लिएर हात्ति माथि नै झरेछ ।
बदलाको भावनाले तयार भएका कमिलाहरुले तल झरेको साथिलाई एउटै स्वरमा भनेछन्- थिच थिच त्यस्का घाँटीमै थिच, स्वास फेर्न नसकेर भुँइमा ढलोस् !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com