आजका हेडलाइनहरु : द्वन्दकालमा सिकाएथे अनेकौं झेल, त्यसैलाई अहिले पनि बनाउँदैछन खेल…

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहीबार ०३:५५

समृद्धि हाँसिल गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री ओली
लेख्न, बोल्न भनिदिन सजिलो छ अचेल, रोक्ने छेक्ने, बार हाल्ने धेरै हुन्छन खेल !

नयाँ युगको आगमन पोष्टरमा झलमल्ल
घरघरमा ल्याउन कति गर्लान अलमल !

हिन्दुराष्ट्रका लागि जनमत संग्रहमा जानु पर्छ : कांग्रेस नेता कोईराला
जनताको माग स्वास्थ्य, शिक्षा, रोजगार, हिन्दुराष्ट्र बनाउँने  खासै छैन दरकार !

नेकपा बैठक बस्नै संकट, अध्यक्ष प्रचण्डले नै व्यक्त गरे दिग्दारी
निकै कठिन छ है कमरेड निभाउँन डफेदारी, अझै धेरै सहनु पर्छ एकताको खबरदारी !

आईजीपीको दस्तखत किर्ते गर्ने वाईसीएल नेता पक्राउ
द्वन्दकालमा सिकाएथे अनेकौं झेल, त्यसैलाई अहिले पनि बनाउँदैछन खेल ! 

संयोजकबाट हटेपछि किन दिल्ली जाँदैछन् महन्त ठाकुर ?
घरतिर अविश्वास परतिर आश, यहि रित रहेसम्म बनिरहन्छन् दाश !

क्रिस्चियन धर्मप्रचारकसँग सरकारको गठजोड : विश्व हिन्दु महासंघ
देशको विकाश गर्न उनैसँग माग्ने, तिन्ले दिने सहयोग बोकि आउँछन् क्रिस्चियन थाङ्ने !

सामाजिक सुरक्षा योजना : सुरेन्द्र पाण्डेको सोच, ‘मजदुर नेता’को जोड
बिचार जस्को होस बनाउ सामुहिक, तँछाड् मछाड्मै नहोस विवादित !

आलोचकलाई प्रधानमन्त्रीको जवाफ : काठमाण्डौको सडक धोइन्छ, त्यहाँ छ सरकार
पहिले पनि किसुनजीले यस्तै भनेका हुन, जनताले २७ बर्षे दिन गनेका हुन !

मोदीको नक्कल गर्न खोज्दा ओलीको आलोचना
थियो प्रचारित हुनें रहर कि बन्यो कसैको कहर ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com