आजका हेडलाइनहरु : सरकार हिंड्दैछ विवादित बाटो,मौका छोप्दैछन् त्यसैको साटो…

प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार ०३:५५

प्रदेश ३ को स्थायी राजधानी कहाँ ? प्रदेशसभामा मतदान हुने भयो
पहिले तानातान अहिले मतदान, जनताको चासो नहोस हानाहान !

मेरो जनकपुर भ्रमण साँस्कृतिक मात्र : भारतीय मुख्यमन्त्री योगी आदित्यनाथ
धेरै जोगी जासुस भै झर्छन, एउटा भन्छन अर्कै गर्छन !

सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजियो : देवेन्द्र पौडेल
सरकार हिड्दैछ बिवादित बाटो, मौका छोप्दैछन् त्यसैको साटो !

शिक्षकलाई मुख्यमन्त्रीक पौडेलको सुझाव : पेशालाई मर्यादित बनाउनुस्
बर्षौसम्म राजनीतिमै लिप्त बनायौ, बल्ल् ऐले आदर्शको पाठ सुनायौ !

प्रदेश कमिटीमा एमालेलाई ५३ माओबादीलाई ४६ प्रतिशत भागबण्डा
एउटै पार्टी भयौ भन्ने के को भागबण्डा, गर गर, हेर्न पाइन्छ सधै बितण्डा !

सिके राउतको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज
अदालती निर्णय देशलाई न्याय, उनलाई अन्याय !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com