आजका हेडलाइनहरु : डिप्लोम्याटज्यू चिप्लोम्याट भएपछि…

प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार ०४:०४

आयल निगममा कुर्सीदौड : लोडसेडिङ गराउनेदेखि सिक्टा डुबाउने सम्म
सरकारी कुरो राम्रो मान्छे छान्ने, तँछाड मछाड गराएर आफ्नो भान्से तान्ने !

निर्मलालाई न्याय माग्दा प्रहरीको ज्यादती, युवकको खुट्टा गुम्यो
दुखद घटना, त्यहाँमाथि खेल भयो धेर, यो कुरा बुझ्न भैसक्यो अबेर !

चलिरहेको बोइङ बेच्ने बायुसेवा निगमको तयारी
लैनो गाई बेच्ने दाम कमाउने, वाइडबडी भोकै छ त्यसैलाई  खुवाउने !

विवादित राजदुत शेर्पामाथि छानवीन सुरु
डिप्लोम्याट थिइनन् राजदुत भइन्, उद्देश्य जे थियो त्यतैतिर गइन् !

निर्मला हत्या प्रकरण: कन्चनपुरका एक युवा काठमाण्डौमा समातिए
सबैको चासो हत्याराको खाँचो, कतै नाटक हुदैछ कि कुरा हो साँच्चो ?

पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका महन्त काठमाण्डौंमा पक्राउ
अपराधी भेटिन्छन जोगिको भेषमा, छानविन गरे  धेरै छन् देशमा !

ढुक्क हुनुस वाइडबडीको पुर्ण स्वामित्व नेपाल एयरलाइन्समै छ : मन्त्री अधिकारी
युवामन्त्री लोकप्रिय हुने मन थियो, पहिलै गाँसमा बाइडबडीको फलाम चपाइयो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com