आजका हेडलाइनहरु : चन्दा सहयोग हातमा आयो चुनाव भुटनीति, ऋण चुकाउन राजदुत पाए के को कुटनीति…

प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार ०६:०३

कांग्रेसको राजनीतिक दस्तावेज : कम्युनिष्टहरुसँग बैचारिक संघर्ष सुरु भयो
विपीको विचार पोलेर खायौ, नपत्याउने कुरा लेखेर आए !

रुन्देहीमा ५ बर्षीय बालिकाको सामुहिक बलत्कार, छ जना पक्राउ
सुन्दैमा घृणा, भन्दामा घृणा, देख्दा त झन घृणा,
यहि थिती रहे यौन क्रियामाथि फैलन्छ वितिष्णा !

पुर्वमन्त्री पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
उनै नेता उनै मन्त्री ठुलै ठेकेदार, मस्तैसँग गरे होलान यिनले गर्नुहार !

वायुसेवा निगममा नयाँशक्तिको धर्ना
डाडु पन्यु छोडि गयौ के सकौला गर्न, फोटो सम्म देख्न पाइन्छ बस्दैगर धर्ना !

पोखरा घुस प्रकरणपछि लोकसेवा आयोग भन्छ – स्वच्छता र पवित्रताबारे भ्रममा नपरौं
र्षौंदेखि चलेकै हो नाता कृपाबाद, थोरै गन्ध फेलापरे आइहाल्छ याद !

कुटनीति बुझेका र देशप्रेमीलाई राजदुत बनाउन पुर्व राजदुतहरुको सुझाव
तिनकै पैसा सापट लिई चुनाव भुटनीति, राजदुत पायो ऋण सुल्यो के को कुटनीति !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com