अमेरिकाको निम्तापत्र : ‘कृपया, जिन्सी ल्याउने कष्ट नगर्नुहोला !’ – आजका हेडलानहरु

प्रकाशित मिति: ३ पुष २०७५, मंगलवार ०३:५७

नेकपामा प्रतिपक्षको खोजि : बामदेवले मार्लान त बाजी ?
नाँचिदेउ बामदेव तिमी प्रतिपक्ष तालैमा, जसले तिम्रो बिरोध गर्छ- हान्देउ त्यसको गालै गालामा ।

कांग्रेसमा आर्थिक बहस : दाइ महत ठिक कि भाइ महत ठिक !
दाई त काले भाइपनि काले, काले काले मिलेर खाउ भाले ।

कर्मचारीको चेतावनी : अध्यादेश नसच्याए ३ दिनमा सरकार गलाउँछौं
गलाउने कि चलाउने थाहा छैन, यो कुरोचाहीं नबुझी भा’छैन ।

अमेरिकाले निम्ता दिनु महत्वपुर्ण उपलब्धी : परराष्ट्रमन्त्री ज्ञवाली
निम्तापत्रको ब्यहोरा : कृपया नगद उपहार नल्याउनु होला, जिन्सीको बारेमा डिस्कस गरौंला ।

राजा ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो ! : कमल थापा
तिम्रोजस्तै मुटु मेरो पनि, तिम्रोजस्तै मन मेरोपनी, नकराउ त्यसरी छेपारो बनी । 

हिन्दु धर्मको विषयमा जनमतसंग्रह गर्न सकिन्छ : कांग्रेस महामन्त्री कोइराला
हो नि हुन त, बिपिले सुनेभने रुन्छन् रुन त ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com