चीनलाई चिन्नै बाँकी छ, मनोरेलमा हिन्नै बाँकी छ : आजका हेडलाइनहरु

प्रकाशित मिति: ६ पुष २०७५, शुक्रबार ०२:२५

  • सिंहदरबारमा ३ मन्त्रीले चीनी र चिया उद्द्योगीलाई झपारे
    निस्किएर उद्द्योगिले सिङ्गै सरकारलाई लल्कारे !

  • चक्रपथमा मनोरेल गुडाउन डीपीआर बनाउने  जिम्मा चिनियाँ कम्पनीलाई
    चीनलाई चिन्नै बाँकी छ, मनोरेलमा हिन्नै बाँकी छ, भारतको ल्याङ-ल्याङ सिङ्गै बाँकी छ !

  • राजकीय सम्मानबिनै तुलसी गिरिको अन्तिम सँस्कार, शवदाह गृहलाई तिरियो ४ हजार
    कसरी उदाए कसरी अस्ताए, सबभन्दा बलवान रहेछ समय !

  • नेकपा बैठक : एसिया प्यासिफिक सम्मेलनले पार्टी र सरकार बदनाम भयो- सुरेन्द्र पाण्डे
    ‘नाम होस् बदनाम होस् तर गुमनाम नहोस् ?’- नेकपा ( होली वाइन समुह)

  • ओली र प्रचण्डलाई लेखराज भट्टको प्रश्न : घुस दिनेलाई किन नियुक्ति
    नियुक्ति दिन्या र खान्या दुबै मिसन र कमिसनका मितुर हुन् !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com