प्रधानमन्त्रीको टायम टेवल -‘कुर्दाकुर्दै पोलिटब्युरो भै गएछ टालो !’ : आजका हेडलाईनहरु 

प्रकाशित मिति: ९ पुष २०७५, सोमबार ०३:३४

देउवाको निर्देशन : ओली सरकार बिरुद्ध आन्दोलन गर्न तयार रहनुस्
आन्दोलनको एजेण्डा : कुर्सीबाट ओलीलाई झाराैं, देउवाको सपना साकार पाराैं 

प्रचण्डलाई कांग्रेस प्रबक्ताको जवाफ- ‘धर्मको बिषयमा कम्यूनिष्टले पढाइरहनु पर्दैन  ।’
, पापको बिषयमा काङ्ग्रेसलाई सिकाई रहनु पर्दैन ।

कांग्रेसका ७ आरोप- ‘ओली सरकार भ्रष्ट र लम्पसारवादी  ।’
लम्पसार र भ्रष्टचार छोडेर त्यो एजेन्डा काङ्ग्रेसलाई फिर्ता दिन सुझाव 

‘मलाई वामदेब निकट नभन्नुस् ।’ : नेकपा नेता किरण गुरुङ
त्यही त ! जसले टिकट दिन्छ, त्यसैको निकट पो भन्नुपर्छ ।

प्रधानमन्त्री नआएपछि नेकपा स्थायी समिति बैठक स्थगित
वालुवाटारबाट हिड्न थाले रे, दुई-तीन दिनमा आई पुगिहाल्छन् !

विश्व प्रकाशले भने : ‘कांग्रेसले लगातार ३ वटा चुनाव जिते नेपाललाई सिंगापुर बनाउनेछ ।’
हो हो, पक्कै बनाउँछ – पाँचथरको सिङ्गापुर गाउँ

पुर्व राजा ज्ञानेन्द्रको चलखेल बढ्यो, गोप्य बैठक र भेला गर्दै
गणतन्त्रवादीहरु गनगनतन्त्रमा सिमित भएपछी gunतन्त्रवादीको खेलचल बढेको ठम्याई

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com